छोरीलाई जबरजस्ती करणी गर्ने बाबुलाई जन्मकैदको फैसला ।


श्याम घिमिरे
माघ १७ अर्घाखाँची –

आफ्नै ९ वर्षीया छोरीलाई जबरजस्ती करणी गर्ने बाबुलाई अर्घाखाँची जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । जबरजस्ती तथा हाडनाता करुणीका आरोपित बाबुलाई जिल्ला न्यायाधीश बासुदेव न्यौपानेको इजलासबाट माघ १३ गते जन्मकैद हुने फैसला सुनाइएको निमित्त श्रेस्तेदार नारायण बहादुर भट्टराईले जानकारी दिनुभयो । गत साउन २ गते राती आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको भनी जाहेरी परेपछि उनी विरुद्ध अनुसन्धान सम्पन्न भै अभियोग दर्ता भएको थियो । १० वर्षभन्दा कम उमेरका बालबालिकालाई जबरजस्ती करणी गरेकाले जन्मकैदको फैसला सुनाइएको अदालतका सूचना अधिकारी टेकराज गैरेले बताउनुभयो ।

त्यस्तै सन्धिखर्क नगरपालीकाको डिभर्नामा ५ वर्षीय नातिनीलाई बलात्कार गर्ने हजुरबुबालाई पनि २० बर्ष कैद र ४० हजार रुपैया जरिवानाको फैसला गरेको सूचना अधिकारी गैरेले जानकारी दिनुभयो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.