कल्याणी द्धारा विपन्न विद्यार्थीहरुलाई कपडा वितरण (तस्बिर सहित)


श्याम घिमिरे
माघ १९ अर्घाखाँची-

कल्याणी सेवा नेपाल सन्धिखर्कले शिवमदन माध्यमिक विद्यालय पाणिनि ७ सत्तिनेटामा अध्ययनरता विपन्न विद्यार्थीहरुलाई जाडोमा लगाउने न्यानो कपडा वितरण गरेको छ । कल्याणीले १५ जना विद्यार्थीहरुलाई आईतबार एक कार्यक्रमका बिच स्वीटर वितरण गरेको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मान बहादुर घलेको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा विद्यालयका प्रअ राजेन्द्र पौडेल, कल्याणी सेवा नेपालका अध्यक्ष शुसिला बन्जाडे , सचिव पवित्रा भट्टराई, ससचिव कमला भण्डारी, सदस्यहरु सीता क्षत्री , पवित्रा सापकोटा, बिद्यालयका पिटिए अध्यक्ष मनिराम आचार्य लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा पिटिए अध्यक्ष मनिराम आचार्य , कल्याणी सेवा नेपालका सचिव पवित्रा भट्टराई ,विद्यालयका प्रअ राजेन्द्र पौडेल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रम विद्यालयका शिक्षक सीता बन्जाडेको सन्चालन र सहायक प्रअ मातृका प्रसाद भट्टराईको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो । संस्थाले जिल्लाका बिभिन्न क्षेत्रमा सामाजीक गतिबिधि र स्वास्थ्य उपचार लगायत बिभिन्न कार्यमा सहयोग गर्दे आईरहेको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.