कांग्रेसको अनुशिक्षण भुमिकास्थानमा, पार्टीलाई सशक्त बनाएर लैजानुपर्नेमा जोड

Image may contain: one or more people, sky, crowd and outdoor

रुद्रमणि भुसाल/ बिष्णु खनाल माघ २८, सन्धिखर्क – नेपाली कांग्रेस जिल्ला कार्य समिती अर्घाखाँचीको अनुशिक्षण कार्यक्रम भुमिकास्थान नगरपालिकामा सम्पन्न भएको छ । कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति बिष्णुप्रसाद खनाल मुस्कानले टोल, गाउँ, स्थानीय तहमा संगठन विस्तार गर्दै नेकपा सरकारले गरेका विवादित विषयवस्तु कार्यकर्ता माझ लैजान आग्रह गरे ।

Image may contain: one or more people, people standing, sky, outdoor and nature

चार पृष्ठ लामो कांग्रेस सुदृढिकरण र पार्टीका आचार संहिता र टोल तह र गाउँ तहमा कार्य समिति र कांग्रेसले जनतामाझ गरेका विकास निर्माणको कामको उजागर गर्न क्रियाशिल सदस्यलाई निर्देशन दिए । कार्यक्रममा पार्टीका पुर्व सभापति कमल प्रसाद भुसाल, सचिव छविलाल पौडेल, बिष्णु भुसाल, महासमिति सदस्य केशव श्रेष्ठ, सुर्य प्रसाद अधिकारी, यादव प्रसाद घिमिरे, महाधिवेशन प्रतिनिधि लेखनाथ पोख्रेल, कांग्रेस क्षेत्रीय सभापति केशव कुँवर, जिल्ला सदस्य संगीता बेल्वासे, प्रेमनारायण बेल्वासे, खडानन्द बेल्वासे, लेखनाथ पाण्डे, हरि प्रसाद दमासे, चुरामणि खनाल लगायतले मन्तव्य राख्दै सकरात्मक सोंचका साथ गुट र उपगुट त्यागेर कांग्रेस जनप्रतिनिधिहरुले गरेको कामको प्रचार गर्न आग्रह गरेका थिए ।

कांग्रेस नगर सभापति खिम कुमार श्रेष्ठ अशोकको अध्यक्षता र सचिव मुकुन्द खनालको संचालनमा सम्पन्न कार्यक्रममा महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, क्षेत्रीय सदस्य, वडा सभापतिहरु, भातृ संगठनका प्रमुख तथा प्रतिनिधि, जिल्ला प्रतिनिधि, क्रियाशिल सदस्य लगायत भुमिकास्थान नगरपालिका १० वटा वडाका झण्डै ४ सय कांग्रेस कार्यक्रताहरुको उपस्थिति रहेको कांग्रेस प्रचारप्रसार विभाग प्रमुख माधव पौडेलले जानकारी दिए । यहि फागुन २ गते मालारानी गाउँपालिकामा अनुशिक्षण कार्यक्रम हुने कांग्रेसले जनाएको छ ।

Image may contain: one or more people, sky and outdoor

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.