सन्धिखर्क नगरपालिकाद्धारा निर्माणाधीन कामको अनुगमनलाई तिब्रता

श्याम घिमिरे
माघ २८ अर्घाखाँची
सन्धिखर्क नगरपालिकाले नगरपालिका भित्र सुचारु भएका बिभिन्न विकास निर्माणका गतिविधि र योजनाहरुको अनुगमन कार्यलाई तिब्रता दिएको छ । आ.व ०७६÷०७७ का लागी नगरपालीकाबाट बिनियोजित भएका बिभिन्न भौतिक पूर्वाधार र अन्य विकास निर्माणको कामको प्रभावकारिताको मूल्यांकन गर्दे विकासलाई तीव्रता दिन अनुगमन शुरु गरेको नगरपालीकाका उपप्रमुख ठाकुर कुमार बिकले बताउनु भयो । सोही क्रममा उपप्रमुख बिक सहितको अनुगमन टोलिले सन्धिखर्क नगरपालिका वडानम्वर ६ मा सुरु भएका बिभिन्न योजनाहरुको सोमबार स्थलगत अनुगमन गरेको हो ।

अनुगमन समितिका संयोजक समेत रहेका बिक सहीतको टोलीले वडानम्वर ६ का बिभिन्न स्थानमा निर्माणाधिन मोटरबाटो अन्र्तरगत फुदवाङ् , राताटारी,बहखोर,जगता पैयापाटा ,घुम्ती,सत्तिनेटा देखी श्रीकृष्ण गौसला जाने बाटोको अनुगमन गरेको हो । यस्तै समितिले प्रदेश सरकारबाट बिनियोजन भएको जगताको खेलमैदान,नरपानीको सिमसार क्षेत्रको संरक्षण, नरपानीकै सपोटवाल, लगायतका बिभिन्न योजनाहरुको समेत अनुगमन गरेको उपप्रमुख बिकले जानकारी दिनुभयो ।

अनुगमनको क्रममा उपप्रमुख बिकले जनतालाई प्रत्यक्ष फाईदाहुने खालका योजनाहरुमा नगरपालिकाले बजेट बिनियोजन गरेका भन्दै कामलाई प्रभाबकारी रुपमा छिटो र गुणस्तरीय तरीकाबाट सम्पन्न गर्न उपभोक्तालाई निर्देशन दिनु भयोे । उहाँले गुणस्तरीय काम नगर्ने जो कहिलाई पनि रकम भुक्तानी नगर्ने समेत बताउनु भयो ।

एक फरक प्रशंगमा बिकले नगरपालीकाबाट चालु आ.ब.मा बिनियोजन भएका योजनाहरुको उपभोक्ता समितिको ठगन गरी छिटो भन्दा छिटो कार्य अगाडी बढाउन अनुरोध गर्नुभयो । यस्तै बिकले टेण्डर वा उपभोक्ता समितिबाट भएका कामहरुको आम नागरीकहरुले आ–आफ्नो ठाउँबाट अनुगमन गरी गुणस्तरीय र प्रभावकारी काम बनाउनकालागी अनुगमन र निगरानी सहीत आबश्यक सल्लाह सुझाब दिन सबै उपभोक्ताहरुलाई आग्रह समेत गर्नुभयो ।

अब स्थानीय सरकारका प्रतिनिधि, जनता, सम्बन्धित निकाय सबैले विकासको कामको अनुगमन गर्न जरुरी छ, काम राम्रो होस, समयमै सकियोस् भनेर विगत देखि अनुगमन शुरु गरेको हो बिकले भन्नुभयो , उहाँले अनुमगनमा भएका लापर्बाही हटाउन, काम तीव्र पार्न, गुणस्तरीय कामको निर्माण गर्न र विभिन्न ठाउँमा विकासका आवश्यकताको पहिचान गरी आयोजना ल्याउन अनुमगनले मद्दत पुग्ने समेत दाबि गर्नुभयो ।

अनुगमनमा अनुगमन समितिका सदस्य पृतम बहादुर थापा, नगरपालीका शाखा अधिकृत मञ्जु खनाल, नगरपालीका ईन्जिनियर प्रमोद केसी,प्राबिधिक हरी बोहोरा लगायतको सहभागीता रहेको थियोे ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.