Monthly Archives: February 2020

राजमोको संगठन निर्माण अभियान अर्घाखाँचीमा सुरु

श्याम घिमिरेफागुन १ अर्घाखाँची – राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले जिल्लाका ६ वटै पालीकाका बिभिन्न स्थानबाट आज एकैसाथ संंगठनात्मक अभियानको सुरुवात गरेको छ । जिल्लाका ६ वटै पालीकाका बिभिन्न वडाहरुबाट एक महिने संगठनात्मक अभियानको सुरुवात गरीएको राजमो अर्घाखाँचीका अध्यक्ष थम्मन केसीले जानकारी दिनुभयो । जसअन्तरगत सदरमुकाम समेत रहेको सन्धिखर्क नगरपालिका स्थित वडानम्बर २ को भलायडाडाँबाट नगरपालीकाको संगठनात्मक अभियानको सुरुवात गरिएको हो ।

Read more

भगवती माध्यमिक बिद्यालयको अध्यक्षमा :आचार्य

शोभाखर पन्थी,अर्घाखाँची फाल्गुण १-भगवती माध्यमिक बिद्यालय कुर ,शंखेटारीको अध्यक्षमा मुकुन्दराज आचार्य चयन हुनुभएको छ । अभिभावकहरुको बिहिवार भएको भेलाले शिक्षा बिद आचार्य लाई सर्वसहमत अध्यक्ष पदमा चयन गरेको हो । लामो समय सम्म शिक्षण पेसामा रहनुभएका आचार्यले दुई दशक सम्म भगवती माध्यमिक बिद्यालयको प्रधानाध्यापक भएर काम गरि सक्नु भएको छ । यसैगरी समितिको सदस्यमा सन्धिखर्क वडा नं.२ का अध्यक्ष मोतिजङ्ग

Read more

नेकपा अर्घाखाँचीद्धारा जनयुद्ध दिवसको अवसरमा अस्पतालमा रहेका बिरामीहरुलाई हर्लेक्स र फलफुल बितरण

सन्धिखर्क एफएम फागुन १ अर्घाखाँची – २५ औं जनयुद्ध दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अर्घाखाँचीले अर्घाखाँची अस्पताल सन्धिखर्कमा रहेका विरामीहरुलाई स्वास्थ्य लाभको कामना सहित फलफुल र हर्लेक्स वितरण गरेको छ । बितरण कार्यक्रम पछि नेकपा अर्घाखाँचीका नेता तथा कार्यकर्ताहरुले अबिर लगाई शुभकामना आदान प्रदान गरेका थिए । कार्यक्रममा राष्ट्रिय सभा सदस्य एवं नेकपा नेता चन्द्रबहादुर खड्का, प्रदेस सांसद तथा

Read more

आज विश्व रेडियाे दिवस, विश्वमा व्यावसायिक रेडियो प्रसारण सुरु भएको सय वर्ष पुग्याे

फागुन १, २०७६ बिहिबार काठमाण्डाै – आज (बिहीबार) विश्व रेडियो दिवस । स्पेनको प्रस्तावमा संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, सामाजिक तथा सास्कृतिक सङ्गठन युनेस्कोले सन् २०११ देखि फेब्रुअरी १३ लाई रेडियो दिवसका रुपमा मनाउने घोषणा गरेको हो । रेडियो दिवसका अवसरमा विभिन्न कार्यक्रम गर्ने गरिएको छ । रेडियोलाई महत्वपूर्ण सञ्चारमाध्यमको रुपमा सम्मान गर्न, प्रसारकबीचको अन्तर्राष्ट्रिय समन्वय र सहयोगमा सुधार गर्न, ठूला नेटवर्क र

Read more

कुवेतमा बालुवाकाे ढिस्काेमा पुरिएर चार नेपालीकाे ज्यान गयाे

फागुन १, २०७६ बिहिबार काठमाण्डाै – कुवेतमा निर्माणस्थलमा पुरिएर चार जना नेपालीको ज्यान गएको छ । अन्य तीन जना घाइते भएका छन् भने अरु तीन जना पुरिएका छन् । कुवेतको अल–मुत्लामा निर्माणस्थलमा बालुवा र गिट्टीको थुप्रो खसेपछि घाइते भएका सात जनाको उद्धार गरिएकामा चार जनाको ज्यान गएको र उनीहरु नेपाली रहेकाे समाचार संस्था ‘अरब टाइम्स’ ले जनाएको छ । बालुवा र गिट्टीकाे थुप्राेमा पुरिएका

Read more