भगवती माध्यमिक बिद्यालयको अध्यक्षमा :आचार्य


शोभाखर पन्थी,अर्घाखाँची फाल्गुण १-
भगवती माध्यमिक बिद्यालय कुर ,शंखेटारीको अध्यक्षमा मुकुन्दराज आचार्य चयन हुनुभएको छ । अभिभावकहरुको बिहिवार भएको भेलाले शिक्षा बिद आचार्य लाई सर्वसहमत अध्यक्ष पदमा चयन गरेको हो । लामो समय सम्म शिक्षण पेसामा रहनुभएका आचार्यले दुई दशक सम्म भगवती माध्यमिक बिद्यालयको प्रधानाध्यापक भएर काम गरि सक्नु भएको छ । यसैगरी समितिको सदस्यमा सन्धिखर्क वडा नं.२ का अध्यक्ष मोतिजङ्ग रायमाझी ,हिमबहादुर कुमाल,सीता माया पौडेल ,खिमबहादुर नेपाली ,सीता भुसाल ,सारदा रायमाझी र सदस्य सचिव श्यामबहादुर भुसाल रहनु भएको छ ।

Image may contain: 5 people, including Thakur Kumar BK and Motijung Rayamajhi, people smiling, people sitting and indoor


यस अघि कार्यक्रममा मन्तव्य राख्ने बक्ताहरुले शिक्षा क्षेत्रमा आमुल परिवर्तनको खाँचो रहेको बताए । मुलुकमा राजनीतिक परिवर्तन भएपनि समय सापेक्ष रुपमा शिक्षामा परिवर्तन हुन नसक्दा समस्या बल्झिएको उनिहरुको भनाइ थियो ।

Image may contain: 1 person, standing and outdoor

कार्यक्रममा मन्तव्य राख्दै सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार बि.क.किशोरले शिक्षा क्षेत्रमा आमूल परिवर्तन गरेर अघि बढ्नुपर्ने बताउनुभयो । अझैपनि शिक्षा क्षेत्रमा थुप्रै समस्याहरु रहेको भन्दै उहाँले शैक्षिक बिकृति र विसंगतिको अन्त्यको निम्ति नयाँ योजनाका साथ अघि बढ्नुपर्ने बताउनु भयो । नेपाली जनताको ठुलो त्याग र बलिदानका कारण मुलुकमा राजनीतिक परिवर्तन भएपनि आर्थिक,सामाजिक र सांस्कृतिक रुपान्तरणको अभावमा जनताले परिवर्तनको अनुभुती गर्न नसकेको उहाँको भनाइ थियो । बिकास र समृद्धिको यात्रामा मुलुक अगाडि बढेको भन्दै उपप्रमुख बि.क.ले समृद्धिको मेरुदण्डको रुपमा रहेको शिक्षा क्षेत्रलाई समय अनुकुल बनाउनु पर्नेमा जोड दिनुभयो । नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता समेत रहनु भएका उहाँले शिक्षा क्षेत्र लाई शैक्षिक माफियाहरुले घेराबन्दीमा पारेको बताउँदै माफियाको षड्यन्त्र चिरेर अगाडि बढ्न सरकारलाई आग्रह समेत गर्नुभयो ।

Image may contain: 6 people, including Bishnu Bhusal and Susma Shrestha, people sitting

कार्यक्रममा मन्तव्य राख्दै सन्धिखर्क नगरपालिकाका नगर शिक्षा अधिकारी युगल नारायण बस्यालले शैक्षिक गुणस्तर वृद्धि लाई पहिलो सर्त बनाएर अघि बढ्न आग्रह गर्नुभयो । शैक्षिक गुणस्तर बृद्धिको निम्ति सरोकार वालाहरु बीच समन्वय गरेर अघि बढ्नुपर्ने उहाँको भनाइ थियो ।

सन्धिखर्क नगरपालिका वडा नं.२ का अध्यक्ष मोतिजङ्ग रायमाझीले शिक्षाको बिकास बिना विकास र समृद्धिको अभियान अगाडि बढ्न नसक्ने बताउनुभयो । लगानी अनुसार सरकारी बिद्यालयले प्रतिफल दिन नसकेको उहाँको गुनासो थियो ।

जेष्ठ अभिभावक फौदबहादुर नेपालीको अध्यक्षता र शोभाखर पन्थीको संचालनमा सम्पन्न कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी नेकपा सन्धिखर्कका अध्यक्ष श्रीकृष्ण भुसाल , गंगा आधाभुत बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष के.बी. भुसाल , सन्धिखर्क नगरपालिका वडा नं. २ का सदस्य शुष्मा श्रेष्ठ , समाजसेवी द्वय रामचन्द्र पोख्रेल ,बिष्णु ढुङ्गाना,बिद्यालयका प्रधाना ध्यापक श्यामबहादुर भुसाल , पुर्व प्रधानाध्यापक मुकुन्दराज आचार्य,बरिष्ठ शिक्षक धुर्व के.सी.लगायतका बक्ताहरुले मन्तव्य राख्दै जिल्लाको शैक्षिक धरोहरको रुपमा रहेको भगवती माध्यमिक बिद्यालय लाई थप व्यबस्थित गर्दै नमुना बिद्यालयको रुपमा बिकास गर्नुपर्ने बताउनुभयो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.