प्रथम शितगंगा कृषि पर्यटन तथा औद्योगिक व्यापार महोत्सव शुरु

सचिन बोहोरा
ठाडा । अर्घाखांची शीतगंगा नगरपालिका– ३ ठाडामा प्रथम शीतगंगा कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव विहीबारबा शुरु भएको छ । महोत्सवको प्रदेश–५ का पर्यटन मन्त्री लिला गिरीले उद्घाटन गरे । भौगोलिक हिसाकले देशकै ठुलो नगरपालिकामा शीतगंगा उद्योग वाणिज्य संघले आफ्नो स्थापनास“गै महोत्सव सञ्चालन गरेको छ ।

फागुन १२ गतेसम्म सञ्चालन हुने महोत्सवमा १ सय ५ स्टल छन् । दुई करोडको कारोवार हुने अपेक्षा आयोजकको छ । शीतगंगामा भएका धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थलको प्रचार–प्रचार गरी पर्यटक भित्राउनु पनि महोत्सवको उद्देश्य रहेको आयोजक शीतगंगा उद्योग वाणिज्य संघका अध्यक्ष चिन्तराज अधिकारीले बताए । शीतगंगामा उत्पादन भएको वस्तुको बजार प्रवद्धन गरी उत्पादन वृद्धि गर्न सहयोग पुग्ने विश्वास छ ।

Image may contain: 14 people, including अराज बेल्बासे, people standingनगरका १४ वटै वडा दुर्गम र भौगोलिक जटिलता छ । महोत्सवले नगरको विकास र सम्बृद्धिमा सहयोग पुग्ने नगर प्रमुख सुर्यप्रसाद अधिकारीले बताए । उद्घाटनम प्रदेश सांसद रामजीप्रसाद घिमिरे, निर्मला क्षत्री, जलपा भुसाल, जिल्ला समन्यव समिति प्रमुख पिताम्बर शर्मा, सन्धिखर्क नगरपालिका प्रमुख कमलप्रसाद भुसाल, प्रमुख जिल्ला अधिकारी विजय पौडेल लगायत दलका नेता, जनप्रतिनिधि, कर्मचारी, सुरक्षा प्रमुख, सञ्चारकर्मी एवं सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको छ । source:hindukhabar

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.