राजमो अर्घाखाँचीद्धारा सांगठनिक अभियानलाई तिब्रता ।


श्याम घिमिरे
फागुन ८ अर्घाखाँची –
राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले सञ्चालन गरेको एक महिने संगठनात्मक अभियान उत्साहजनक रुपमा अगाडि बढीरहेको राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले जनाएको छ । राष्ट्रिय जनमोर्चा अर्घाखाँचीको सिंगो शक्तिनै परिचालन हुनेगरि जिल्ला र पालिका स्तरमा सात वटा टोलीको निर्माणगरी फागुन १ गतेदेखी एकै साथ सुरु भएको संगठनात्मक अभियानमा स्थानिय जनताहरुले भव्यरुपमा स्वागत गर्ने गरेको र सदस्यता लिने क्रम पनि बढ्दै गएको राजमोले जनाएको छ ।

अभियानकै दौरानमा बिहिबार शितगंगा नगरपालीका वडानम्वर २ सितापुरको सिख्रमा मेलिना क्षेत्रीको अध्यक्षतामा ११ सदस्यीय बाल संगठनको निर्माण गरेको छ । जसको सचिबमा कौशिल्या खड्का,कोषाध्यक्षमा सर्मिला क्षेत्री र सदस्यहरुमा करीमा क्षेत्री,बसन्त खड्का,प्रकृति खड्का,आकृति खड्का,करण केसी,मनोज क्षेत्री,किस्मत क्षेत्री र श्रृष्ठी क्षेत्री लगायत रहेका छन ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चा संगठनात्मक अभियान परिचालन समिति अर्घाखाँचीका जिल्ला संयोजक शेर बहादुर बिसी,शितगंगा नगरपालीका संयोजक यमलाल पोख्रेल र मुल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रिय उपाध्यक्ष कपिल खनाल लगायतका नेताहरुले संगठनात्मक अभियान र पार्टीमा बालसंगठनको आबश्यकता बारे प्रकाश पार्नुभएको समाचारमा जनाईएको छ ।

Image may contain: 15 people, including Kapil Khanal, people smiling, people standing and outdoor

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.