Monthly Archives: March 2020

अमेरिकामा कोरोना भाइरसबाट मर्नेको संख्या तीन हजार नाघ्यो -संक्रमित चीन भन्दा दोब्बर, एक लाख मर्ने डाक्टरको चेतावनी

चैत १८, २०७६ एजेन्सी : अमेरिकामा कोरोना भाइरसबाट मर्नेको संख्या तीन हजार नाघेको छ। यसको अर्थ अमेरिकामा मृतकहरुको संख्या चीनकै आसापस पुगेको छ। चीनमा हालसम्म ३ हजार ३ सय ५ जनाले ज्यान गुमाएका छन्।  अमेरिकामा अहिलेसम्म कोरोना भाइरसबाट ३ हजार १ सय ६५ जनाले ज्यान गुमाएका छन्। त्यहाँ संक्रमितहरुको संख्या १ लाख ६४ २ सय ५३ पुगेको छ। अमेरिकामा संक्रमितहरुको

Read more

नेपालमा कोरोना नियन्त्रणमा सहयोगका लागि कोरियामा डेढ करोड संकलन

 चैत १७, २०७६ सोमबार -वैदेशिक रोजगारीको लागि कोरियामा रहेका नेपालीहरुले नेपालमा कोरोनाको संभावित संक्रमण रोक्ने काममा सहयोग गर्न एक करोड ५० लाख रुपैँया संकलन गरेका छन् ।  अहिले कोरियामा प्रयोग भैरहेको तीन घण्टामै कोरोना परीक्षणको नतिजा दिने किट्स, पीपीइ लगायत स्वास्थ्यसम्बन्धी सामग्री किनेर पठाउन रकम संकलन गरिएको गैह्रआवासीय नेपाली संघ कोरियाका सचिव मनोज गौतमले जानकारी दिनुभयो । संघले हिजोसम्म रकम संकलन

Read more

सात वटै प्रदेशमा पुग्यो कोभिड-१९ नियन्त्रण गर्न चाहिने सामग्री

चैत १७, २०७६ सोमबार काठमाण्डौ – सरकारले कोभिड-१९ नियन्त्रण गर्न चीनबाट ल्याएको सामग्री सात वटै प्रदेशमा वितरण गर्न सुरु गरेको छ ।  स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठकाअनुसार कर्णाली प्रदेशको सुर्खेतमा सेनाको हेलिकप्टरमार्फत सामग्री पुगिसकेको छ । यही हेलिकप्टरले सुदूरपश्चिम प्रदेशको धनगढीमा पनि सामान लैजाँदै छ । कर्णाली र सुदूरपश्चिमबाहेक हेलिकप्टरमार्फत विराटनगरमा पनि सामान गइसकेको मन्त्रालयले जनाएको छ । अन्य प्रदेशमा

Read more

कोरोना भाइरस : विश्वरभर ३४ हजारको ज्यान गयो, ७ लाखमा संक्रमण

चैत १७, २०७६ सोमबार काठमाण्डौ – विश्वभर अहिलेसम्म कोरोना संक्रमणका कारण ३३ हजार ९ सय ९८ जनाको ज्यान गएको छ भने कोरोना संक्रमितको संख्या ७ लाख नाघेको छ । ७ लाख २३ हजार ५ सय ९४ संक्रमितमध्ये १ लाख ५१ हजार ८ सय २४ जना उपचारपछि निको भएका छन् । १ सय ९९ देशसहित दुई वटा अन्तराष्ट्रिय पानीजहाजमा कोरोना फैलिएको छ ।

Read more

बुटवलको क्‍वारेन्टाइनमा राखिएका एकजनाको मृत्यु ,युएईबाट फिरेका उनलाई उच्च ज्वरो आएको थियो

चैत १६, २०७६ बुटवल : बुटवलको धागो कारखानामा बनाइएको क्‍वारेन्टाइनमा राखिएका एकजना व्यक्तिको मृत्यु भएको छ । सैनामैना वडा नम्बर ४ सिसौ डाँडाका ३७ वर्षीय ती व्यक्तिको आइतवार मृत्यु भएको हो।  स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीले क्‍वारेन्टाइनमा मृत्यु भएको जानकारी आएको बताए। उनले मृत्युको कारणबारे थप रिपोर्ट आउन बाँकी रहेको जानकारी दिए।  चैत ६ गते युएईबाट नेपाल आएका उनलाई ज्वरो

Read more
« Older Entries