काेराेना भाइरस : मृत्युदर अरु सङ्क्रमणको भन्दा कम

फागुन २७, २०७६ मंगलबार काठमाण्डौ – कोरोना भाइरसको सङ्क्रमण भएकामध्ये झण्डै ५ प्रतिशतको ज्यान गएको पाइएको छ । अहिलेसम्म १ सय १३ देशका १ लाख १४ हजार ४ सय ३१ जनामा कोरोनाको सङ्क्रमण भएकोमा ४ हजार २७ जनाको ज्यान गएको छ ।

६४ हजार ९९ सय जना उपचारपछि निको भएर घर फर्किएका छन् भने ४६ हजार ३ सय ५ जनाको उपचार भइरहेको छ । ज्यान गुमाएकामध्ये धेरैजसो बुढाबुढी र दीर्घरोगी छन् । 

यसअघि सन् २००३ मा २६ देशमा फैलिएको कोरोनाकै प्रजातिको रुपमा रहेको सार्स सङ्क्रमितमध्ये १० प्रतिशतको ज्यान गएको थियो । २०१४ मा इबोला सङ्क्रमण भएका २५ प्रतिशतको ज्यान गएको थियो भने सन् २००९ मा स्वाइन फ्लूका कारण साढे ४ प्रतिशतले ज्यान गुमाएका थिए । 

छुट्टै खोप वा औषधि बनिनसकेको भए पनि केही सावधानी अपनाउने र खानपानमा ख्याल गर्ने हो भने कोरोनाबाट बच्न सकिने सरुवा रोग विशेषज्ञ शेरबहादुर पुनले बताउनुभयो । 

अहिले मौसमी रुघाखोकी लाग्ने समय पनि भएकाले रुघाखोकी लाग्दैमा कोरोना नै भएको भनेर आत्तिन पनि नहुने उहाँले बताउनुभयो । 

नेपालमा कोरोना भाइरसको सङ्क्रमण अहिलेसम्म नफैलिएकाले रुघाखोकी लागे तातो झोलिलो खानेकुरा खाएर घरमै आराम गर्ने, शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउने खानेकुरा खानपर्ने उहाँले बताउनुभयाे । 

साबुन पानीले बारम्बार हात धुने, भिडभाडमा नजाने, रुघाखोकी लागेका व्यक्ति र स्वास्थ्यकर्मीले अनिवार्य मास्क लगाउने जस्ता सतर्कता अपनाएमा कोरोनाबाट जोगिन सकिने उहाँको भनाइ छ । source:ukyaaloonline 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.