प्रदेश ५ का प्रमुख अस्पतालमा चिकित्सकसहितको आइसोलेशन बेड तयार : सामाजिक विकास मन्त्रालय

फागुन २७, रुपन्देही – कोरोना भाइरस (काेभिड–१९) को सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले प्रदेशका प्रमुख अस्पतालमा चिकित्सकसहितको आइसोलेशन कक्ष तयारी अवस्थामा राखिएको बताएको छ ।

बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालसहितका मुख्य–मुख्य अस्पतालमा आइसोलेशन बेड तयारी अवस्थामा राखिएको हो । दुई वटा क्याबिन आइसोलेशन बेडका रुपमा राखिएको र डाक्टर सुर्दशन थापालाई फोकल चिकित्सकको रुपमा चयन गरिएको छ । बिरामीको चापअनुसार बेड थप्न सकिने लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर राजेन्द्र खनालले जानकारी दिनुभयो ।

भेरी अञ्चल अस्पतालमा डाक्टर प्रकाश थापा, भैरहवा युनिभर्सल मेडिकल कलेज भैरहवामा डाक्टर नविनजङ्ग रायमाझी, देवदह मेडिकल कलेजमा डाक्टर सुन्दर पाण्डे, लुम्बिनी मेडिकल कलेज पाल्पामा डाक्टर दिपक भण्डारी र पाल्पा मिसन अस्पतालमा डाक्टर गजेन्द्र नेपालीलाई फाेकल चिकित्सककाे जिम्मेवारी दिइएकाे छ ।

त्यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डाक्टर सदिक्षा योगी, पृथ्वीचन्द्र अस्पताल परासीमा डाक्टर पवन अग्रहरी, तौलिहवा अस्पतालमा डाक्टर गणेश क्षेत्री र नेपालगञ्ज मेडिकल कलेजमा डाक्टर सुन्दरजङ्ग शाहलाई फोकल चिकित्सकको रुपमा जिम्मेवारी दिइएको सामाजिक विकास मन्त्री सुर्दशन बरालले जानकारी दिनुभयो ।

भारतका विभिन्न ठाउँमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि भारतसँग सीमा जोडिएका जिल्लाहरुमा अझै बढी सर्तकता अपनाउनु आवश्यक ठानेर तयारी बढाइएको मन्त्रालयको भनाइ छ । प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालयलगायतले सभा, सम्मेलन र ठूला जमघट हुने कार्यक्रम नगर्न निदेशन जारी गरिसकेका छन् ।

भारतसँगको सीमा नाका भएर पनि सीमा नाकाहरुमा प्रयाप्त सर्तकता नअपनाइएको भन्दै प्रदेश सरकारको आलोचना भइरहेको छ ।  source:ujyaaloonline

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.