Monthly Archives: March 2020

कोरोना भाइरस नियन्त्रण गर्न अर्घाखाँचीमा सहायता कक्ष स्थापना

सागर महत फाल्गुन ३०,अर्घाखाँची – स्वास्थ्य कार्यालय अर्घाखाँची र अर्घाखाँची अस्पतालको समन्वयमा हाल विश्वभर महामारिको रुपमा फैलिएको नोवल कोरोना भाइरस सम्बन्धि आम जनतामा रहेको डर, त्रास हटाउन तथा संस्कास्पद रोगीहरुलाई मध्यनजर गर्दै शुक्रबार सहायता कक्ष स्थापना गरिएको छ । छिटो छिटो फैलिन सक्ने महामारिजन्य रोग तथा नोवेल कोरोनालाई ध्यानमा राखि अर्घाखाँची अस्पतालमा संस्कास्पद व्यक्तिहरुलाई राख्नका लागि छुट्टै कोठाको समेत व्यवस्था

Read more

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)छत्रदेव गाउँ कमिटीकाे बैठक सम्पन्न

हिम लेकाली फाल्गुन ३० – नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) छत्रदेव गाउँ पालिका कमिटिकाे चाैंथाे पुर्ण बैठक सम्पन्न भएको छ । नेकपा अध्यक्ष रामलाल पराजुली काे अध्यक्षता मा सम्पन्न बैठकमा नेकपा केन्द्रीय सदस्य तथा जिल्ला सह ईन्चार्ज शुसिला श्रृपालीले नेकपा तथा सरकारले गरेकाे असल कामहरूकाे प्रचार गर्दै सत्य तथ्य कुरा जनता बिचमा ल्याउन कार्यकर्ताहरूलाई अनुराेध गर्नु भएको छ । उहाँले

Read more

नेकपा प्रचार तथा प्रकाशन विभागद्धारा पत्रकार सम्मेलन ।

श्याम घिमिरेफागुन ३० अर्घाखाँची –नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचार तथा प्रकाशन विभाग अर्घाखाँचीको आयोजनामा सुक्रबार सन्धिखर्कमा पत्रकार सम्मेलन सम्पन्न भएको छ । पत्रकार सम्मेलनमा बोल्दै विभागका प्रमुख तिलक मिश्रले पार्टीले यही चैत्र १ गते देखी जिल्लाभर ३ महिने सांगठनिक अभियान सञ्चालन गर्न लागेको बताउनुभयो । अभियान अन्र्तरगत पार्टी सुदृढिकरण ,संगठन बिस्तार, जनसम्बन्ध बिस्तार लगायतका कार्यक्रमहरु तय गरीएको मिश्रले जानकारी दिनुभयो

Read more

सन्धिखर्कको डिभर्नामा माटो खन्ने क्रममा ढुङ्गाले लाग्दा एक महिलाको ज्यान गयो

लक्ष्मण घिमिरेफाल्गुन २९ – जिल्लाको सन्धिखर्क नगरपालीका वडा नम्बर–११ डिभर्नाको धारामाथीमा माटो खन्ने क्रममा ढुङ्गाले लाग्दा एक महिलाको ज्यान गएको छ ।घर पोत्ने रातोमाटो खन्ने क्रममा माथिबाट आएको ढुङ्गाले लाग्दा सोही स्थानकी २३ वर्षिय आरती बिकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरिक्षक प्रकाश बिष्टले जानकारी दिए ।स्थानियवासीका अनुसार माटो खन्ने क्रममा ढिस्को खस्न थालेपछी आरती भाग्न

Read more

काेराेना भित्रिन नदिन सरकारकाे तयारी : सङ्क्रमण फैलिएको थप केही देशको भिसा रोक्ने निर्णय

काठमाण्डाै – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोराना भाइरस (कोभिड–१९) लाई विश्वव्यापी महामारीको रुपमा घोषणा गरेकाे छ । महामारीकाे घाेषणापछि  देशकाे सम्भावित जोखिम रोक्न सरकारले सङ्क्रमण फैलिएका थप देशको अन अराइभल भिसा रोक्ने निर्णय गरेको छ । चीनबाट फैलिएर युरोपेली र केही मध्यपूर्वका देशमा समेत कोभिड–१९ को सङ्क्रमण बढेकाले थप देशको भिसा रोक्ने निर्णय भएको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिनुभयो ।  ‘सुरुमा

Read more
« Older Entries