नगरप्रमुख अधिकारीद्धारा दुःख व्यक्त, नगरले तत्काल क्षतीपुर्ती दिने, गएरातिको वर्षाले करौडौंको क्षती

घनश्याम पौडेल/
अर्घाखाँची, २ चैत । सितगंगा नगरपालिकाका नगरप्रमुख सुर्यप्रसाद अधिकारीले गएराति असिना पानीले पु¥याएको क्षतिप्रति दुःख व्यक्त गरेका छन ।

शनिबार राति परेको भिषण असिना पानीले शितगंगा नगरपालिकाको वडा नम्बर ३ र ४ मा पुर्ण रुपमा क्षती तथा १२ सहितका अन्य वडामा असिना पानीले किसानको तरकारी, अन्नबालीमा पु¥याएको क्षतिप्रति दुःख व्यक्त गर्दै नगरप्रमुख सुर्य प्रसाद अधिकारीले विज्ञप्ति जारी गर्दै दुःख व्यक्त गरेका छन । नगरप्रमुख अधिकारीले सितगंगा रातामाटाका १० वर्षिय विष्णु नेपालीको निधनप्रति पनि गहिरो समवेदना व्यक्त गरेका छन । अधिकारीले पिडितलाई तुरुन्त राहत दिनेगरी व्यवस्था मिलाउँने बताए ।

चैत १ गते राति परेको भिषण असिना पानीका कारण अधिकाशं किसानहरुको बाली पुर्ण रुपमा नष्ट भएको छ । किसानको यो क्षति प्रति वडा नम्बर ३ र ४ ले राहत वितरण गर्ने भएको भएको छ । वडा नम्बर ४ का वडा अध्यक्ष दामोदर अधिकारीले नगरपालिका बाट निर्णय गरी राहत वितरण गर्ने अधिकारीले जानकारी दिए ।

क्षतिको सहि बिवरण वडा कार्यालयमा आर्इ भर्न समेत अनुरोध गरेका छन । त्यस्तै सितगंगा नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष हेमराज भुसालले पनि पिडित किसानहरुलार्इ वडामा आएर विवरणको जानकारी गराउँन आग्रह गरेका छन । सितगंगा नगरपालिकाले राहत वितरण गर्ने भएको छ । गएरातिदेखि परेको असिना पानीका कारण यहाँ दिनभर गाडी आवातजावातमा समस्या परेको थियो । प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलको नेतृत्वमा पुगेको टोलिले जेसिवीको प्रयोग गरी बाटोमा भएको असिना हटाई आवातजावातमा सहज भएको थियो ।

क्षती भएसँगै सितगंगा नगरपालिकाका प्रमुख सुर्य अधिकारी, प्रमुख जिल्ला अधिकारी विजयराज पौडेल लगाएत सितगंगा नगरपालिका विपत व्यवस्थापन समीती, कृषि विकास शाखाको तत्कालिन बैठक तथा फिल्ड अनुगमन पनि गरिएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.