आजदेखि भारत र चीनसहित निश्चित देशका यात्रुमात्र नेपाल आउन पाउने – आइतबार रातिदेखि सबै अन्तर्राष्ट्रिय उडान तथा अवतरण बन्द हुने

चैत ८, २०७६ शनिबार काठमाण्डाै – सरकारले आजदेखि चीन, भारत, सिंगापुर, थाइल्याण्ड र भुटानबाहेकका देशबाट आउने यात्रुलाई प्रवेशमा रोक लगाएको छ ।

शुक्रबार राति १२ बजेदेखि युरोपका सबै देश, पश्चिम एसिया र खाडीका देशका साथै इरान, टर्की, मलेसिया, दक्षिण कोरिया र जापानका नागरिक तथा ती देशमा ट्रान्जिट बनाएर आउने अरु देशका यात्रुलाई पनि नेपाल प्रवेशमा प्रतिबन्ध लगाइएको विमानस्थल कार्यालयका प्रवक्ता देवचन्द्रलाल कर्णले जानकारी दिनुभयो ।

चीन, भारत, सिंगापुर, थाइल्याण्ड र भुटानबाट आउने यात्रुले कोरोना नभएको स्वास्थ्य परीक्षणको प्रमाणपत्र लिएर आउनुपर्ने र नेपाल आइसकेपछि १४ दिने क्वारेन्टाइनमा बस्नुपर्ने उहाँले बताउनुभयो ।

आइतबार रातिदेखि भने नेपालमा सबै अन्तर्राष्ट्रिय उडान तथा अवतरण बन्द हुने भएको छ । आन्तरिक उडान भने नियमित रहने विमानस्थल कार्यालयले जनाएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.