‘८० प्रतिशतभन्दा बढी कोरोना सङ्क्रमित व्यक्तिहरू आँफै निको हुने गरेका छन्’

काठमाडौं चैत ९, एजेन्सी । झण्डै ८० प्रतिशतभन्दा बढी व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण भए पनि उनीहरू आँफै निको हुनसक्ने भारतीय चिकित्सा अनुसन्धान परिषद् (आइसीएमआर) का महानिर्देशक बलराम भार्गवले आइतबार बताएका छन् ।

भार्गवले सार्वजनिक वृत्तबाट स्वास्थ्य क्षेत्रमा गरिएको आलोचनाबारे सम्बोधन गर्दै भने, ‘बिरामीको अवस्था बुझ्नु जरूरी छ । कोरोना भाइरस सङ्क्रमणका सामान्य बिरामी ८० प्रतिशतभन्दा बढी हुने र चिसोका कारण आउने यस्तो ज्वरो आँफै निको हुनसक्छ । कोरोना भाइरसको सङ्क्रमणका कारण २० प्रतिशत बिरामीमा रूघा, खोकी, ज्वरोका जटिल समस्या देखिने र तिनीहरूको उपचार अस्पतालमा भर्ना भएर गर्नुपर्ने हुन्छ ।’

‘अस्पतालमा भर्ना हुने करिब पाँच प्रतिशत कोरोना सङ्क्रमित विरामीलाई मात्र रोग प्रतिरोधका लागि उपचार दिइने र कतिपय बिरामीलाई मात्र नयाँ प्रकारका औषधिको संयोजन मिलाएर उपचार गरिने हो,’ उनले थपे । भारतमा अहिलेसम्म १५ हजारदेखि १७ हजार बिरामीको कोरोना भाइरस सङ्क्रमण परीक्षण भएको र अहिलेसम्म भारतमा ३४१ जनामा भाइरस सङ्क्रमणको पुष्टि भएको आइसीएमआर महानिर्देशकले बताए ।

भारतमा एक दिनमा १० हजार व्यक्तिमा सङ्क्रमण परीक्षण गर्ने क्षमता रहेको र एक सातामा ५० देखि ७० हजार व्यक्तिको सङ्क्रमण परीक्षण गर्न सकिने दाबी पनि उक्त अवसरमा गरे । कोभिड–१९ को सङ्क्रमणको रोकथाम र नियन्त्रणको सबैभन्दा राम्रो उपाय हरेक सङ्क्रमित व्यक्ति र सङ्क्रमित नभएको व्यक्ति पनि सकेसम्म एक्लै बस्ने भएको उनले बताए । कोभिड–१९ भाइरस हावामा नरहने तर व्यक्तिगत सम्पर्क वा साना साना पानी वा पसिनाका कणबाट सर्ने उनले बताए ।

source:ratopati.com

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.