नेपालमा कोरोना संक्रमित तेस्रो बिरामी भेटिए

चैत १२, २०७६ काठमाडौं : नेपालमा कोरोना भाइरस संक्रमितको संख्‍या तीन पुगेको छ। आज कोरोना भाइरसबाट संक्रमित थप नयाँ एकजना बिरामी भेटिएपछि संक्रमितको संख्‍या तीन पुगको हो। उनको परीक्षण गर्न टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालले पठाएको नमुनामा परीक्षणमा पोजेटिभ रिपोर्ट देखिएको हो। उनको नाम र ठेगाना गोप्‍य राखिएको छ।

यसबारे केहीबेरमा स्वास्थ्‍य मन्त्रालयले औपचारिक जानकारी गराउने बताइएको छ। नेपालमा अहिलेसम्म ६८७ जनाको नमुना परीक्षण गरिएको छ, जसमध्ये ६८४ को रिपोर्ट नेगेटिभ आएको छ। सुरुमा चीनबाट आएका एक विद्यार्थीमा कोरोना संक्रमण देखिएको थियो। उनी उपचारपछि निको भइसकेका छन्। ४ चैतमा फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी १९ वर्षीया युवतीमा पनि संक्रमण देखिएपछि आइतबार स्वास्थ्य मन्त्रालयले त्यसको जानकारी दिएको थियो। त्यसलगतै सरकारले देशभर लागू हुनेगरी चैत १८ गतेसम्मका लागि लकडाउनको घोषणा गरेको छ।
source:thahakhabar.com

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.