कोरोना महामारी : ज्यान गुमाउनेमध्ये इटली र स्पेनका मात्रै ५२ प्रतिशत

चैत १५, २०७६ – कोरोना (कोभिड–१९) भाइरस संक्रमणका कारण अहिलेसम्म विश्वमा २७,३६५ जनाको ज्यान गएको छ। अहिलेसम्म इटली र स्पेनमा भएको मानवीय हताहतीको संख्या कूल क्षतिको ५२.१४ प्रतिशत हुन आउँछ। कोरोना संक्रमणका कारण इटलीमा सबैभन्दा धेरै ९,११४ जनाको ज्यान गइसकेको छ। यस्तै स्पेनमा ५,१३८ जनाको मृत्यु भएको छ। यी दुई देशमा मात्रै १४,२७२ जनाले ज्यान गुमाइसकेका छन्।

पछिल्लो २४ घण्टामा मात्रै इटलीमा ९१९ र स्पेनमा ७६९ जनाको ज्यान गएको छ।  कोरोना संक्रमणका कारण हजारभन्दा बढीको संख्यामा मानवीय क्षति ब्यहोर्ने देशहरुको संख्या ६ पुगेको छ। अहिलेसम्म अमेरिकामा १७०१, इटलीमा ९१३४, चीनमा ३,२९५, स्पेनमा ५,१३८, फ्रान्समा १,९९५ र इरानमा २,३७८ जनाको ज्यान गइसकेको छ। अमेरिकामा सबैभन्दा बढी १,०४,२०५ जना संक्रमित भेटिएका छन्।
source:thahakhabar.com

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.