Monthly Archives: March 2020

नेपालमा कोरोना नियन्त्रणमा सहयोगका लागि कोरियामा डेढ करोड संकलन

 चैत १७, २०७६ सोमबार -वैदेशिक रोजगारीको लागि कोरियामा रहेका नेपालीहरुले नेपालमा कोरोनाको संभावित संक्रमण रोक्ने काममा सहयोग गर्न एक करोड ५० लाख रुपैँया संकलन गरेका छन् ।  अहिले कोरियामा प्रयोग भैरहेको तीन घण्टामै कोरोना परीक्षणको नतिजा दिने किट्स, पीपीइ लगायत स्वास्थ्यसम्बन्धी सामग्री किनेर पठाउन रकम संकलन गरिएको गैह्रआवासीय नेपाली संघ कोरियाका सचिव मनोज गौतमले जानकारी दिनुभयो । संघले हिजोसम्म रकम संकलन

Read more

सात वटै प्रदेशमा पुग्यो कोभिड-१९ नियन्त्रण गर्न चाहिने सामग्री

चैत १७, २०७६ सोमबार काठमाण्डौ – सरकारले कोभिड-१९ नियन्त्रण गर्न चीनबाट ल्याएको सामग्री सात वटै प्रदेशमा वितरण गर्न सुरु गरेको छ ।  स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठकाअनुसार कर्णाली प्रदेशको सुर्खेतमा सेनाको हेलिकप्टरमार्फत सामग्री पुगिसकेको छ । यही हेलिकप्टरले सुदूरपश्चिम प्रदेशको धनगढीमा पनि सामान लैजाँदै छ । कर्णाली र सुदूरपश्चिमबाहेक हेलिकप्टरमार्फत विराटनगरमा पनि सामान गइसकेको मन्त्रालयले जनाएको छ । अन्य प्रदेशमा

Read more

कोरोना भाइरस : विश्वरभर ३४ हजारको ज्यान गयो, ७ लाखमा संक्रमण

चैत १७, २०७६ सोमबार काठमाण्डौ – विश्वभर अहिलेसम्म कोरोना संक्रमणका कारण ३३ हजार ९ सय ९८ जनाको ज्यान गएको छ भने कोरोना संक्रमितको संख्या ७ लाख नाघेको छ । ७ लाख २३ हजार ५ सय ९४ संक्रमितमध्ये १ लाख ५१ हजार ८ सय २४ जना उपचारपछि निको भएका छन् । १ सय ९९ देशसहित दुई वटा अन्तराष्ट्रिय पानीजहाजमा कोरोना फैलिएको छ ।

Read more