विश्वमा काेरोनाका कारण मृत्यु हुनेको संख्या ५९ हजार नाघ्यो, अमेरिकामा एकै दिन १३ सय भन्दा बढीको मृत्यु

चैत २२, २०७६ काठमाडौं : कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५९ हजार १ सय ३१ पुगेको छ।   शनिबार बिहानको तथ्यांक अनुसार विश्वभर कुल १० लाख ९७ हजार ९ सय ९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै, २ लाख २५ हजार ७ सय ९६ जना उपचारपछि निको भएका छन्।  विश्वमा एकैदिन कोरोना भाइरस संक्रमण साढे ८२ हजार भन्दा बढीमा भएको पाइएको छ। यो भाइरसबाट एकैदिन करिब ६ हजारको मृत्यु भएको छ। सबैभन्दा बढी बिरामी र मृत्यु हुनेको संख्या अमेरिकामा देखिएको छ। अमेरिकामा शुक्रबार एकैदिन ३२ हजार ८८ जनामा कोरोनाको संक्रमण देखिएको थियो भने १ हजार ३ सय २० जनाको मृत्यु भएको छ। 

इटालीमा शुक्रबार थप ४ हजार ५ सय ८५ जनामा कोरोना भाइरस देखिएको छ। सोही दिन इटालीमा ७ सय ६६ जनाको कोरोनाका कारण मृत्यु भएको छ। स्पेनमा शुक्रबार ७ हजार १ सय ३४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ८ सय ५० जनाको मृत्यु भएको छ।

जर्मनीमा शुक्रबार ६ हजार ३ सय ६५ जना कोरोनाका नयाँ बिरामी थपिएका छन्। सोही दिन जर्मनीमा कोरोना संक्रमणका कारण १ सय ६८ जनाले ज्यान गुमाएका छन्। चीनमा शुक्रबार ३१ जनामा मात्र कोरोनाको नयाँ संक्रमण देखिएको छ भने ४ जनाको मृत्यु भएको छ।

फ्रान्समा ५ हजार २ सय ३३ जना कोरोनाका नयाँ बिरामी थपिएका छन्। सोही दिन त्यहाँ १ हजार १ सय २० जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।

इरानमा शुक्रबार कोरोनाका कारण १ सय ३४ जनाको मृत्यु भएको छ भने २ हजार ७ सय १५ जना नयाँ संक्रमित थपिएका छन्।

बेलायतमा शुक्रबार नयाँ ४ हजार ४ सय ५० जनामा कोरोनाको संक्रमण देखिएको छ । सोही दन बेलायतमा ६ सय ८४ जनाको मृत्यु भएको छ।

टर्कीमा शुक्रबार कोरोना भाइरसको संक्रमणबाट ६९ जनाको मृत्यु हुनुका साथै थप २ हजार ७ सय ८६ जनामा संक्रमण देखिएको छ।

स्वीट्जरल्याण्डमा शुक्रबार नयाँ ७ सय ७९ जनामा कोराना भाइरसको संक्रमण देखिएको छ। सोही दिन त्यहाँ कोरोनाका कारण ५५ जनाले ज्यान गुमाएका छन्।

शुक्रबार बेल्जियमा १ हजार ४ सय २२, नेदरल्याण्ड्समा १ हजार २६, क्यानाडामा १ हजार ९२, ब्राजिलमा १ हजार १ सय ५० जनामा कारोनाको संक्रमण देखिएको छ। सोही दिन कोरोना भाइरस संक्रमणका कारण बेल्जियममा १ सय ३२, नेदरल्याण्ड्समा १ सय ४८, क्यानडामा ३५ र ब्राजिलमा ३९ जनाको मृत्यु भएको छ। बाँकीको मृत्यु र बिरामी अन्य देशमा थपिएका हुन्। source:thahakhabar.com

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.