दुई लाख ४६ हजारभन्दा धेरै काेराेना सङ्क्रमित निकाे भए

चैत २३, २०७६ आइतबार -विश्वभर झण्डै साढे दुई लाख कोरोना सङ्क्रमित उपचारपछि निको भएका छन् । दुई सय पाँच देश र दुई अन्तर्राष्ट्रिय पानी जहाजमा फैलिएको कोरोना भाइरस (काेभिड १९) सङ्क्रमणमा कारण झण्डै १२ लाख मानिस बिरामी भएकामा दुई लाख ४६ हजार एक सय ७४ जना उपचारपछि निको भएका हुन् ।

विश्वभर ११ लाख ९९ हजार पाँच सय ८३ जनामा सङ्क्रमण पुष्टि भएको छ । आठ लाख ८८ हजार सात सय ४७ जनाको उपचार भइरहेकाे छ । ६४ हजार ६ सय ६२ जनाको भने ज्यान गएको छ ।

गएको २४ घण्टामा अमेरिका र फ्रान्समा नै दुई हजारभन्दा धेरैको ज्यान गएको छ । फ्रान्समा एक हजार ५३ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको सङ्ख्या साढे सात हजार नाघेको छ । यस्तै अमेरिकामा एक हजार ३८ जनाको ज्यान गएसँगै आठ हजारभन्दा धेरैको ज्यान गएको छ ।

अहिलेसम्म सबैभन्दा धेरै इटलीमा १५ हजारभन्दा धेरै र स्पेनमा झण्डै १२ हजारको ज्यान गइसकेको छ । यस्तै अमेरिकामा सङ्क्रमितको सङ्ख्या तीन लाख नाघेको छ भने स्पेनमा एक लाख २६ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । source:ujyaaloonline.com

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.