प्रदेश, जिल्ला र पालिकाबीचको आवत जावत बन्द गर्ने सरकारको निर्णय

 चैत २२, २०७६ काठमाण्डाै – सरकारले लकडाउनलाई थप कडाइ गर्ने भएको छ । मन्त्रिपरिषद्को शनिबार बसेको बैठकले कोरोना रोकथाम र नियन्त्रणको लागि लकडाउनको पूर्ण पालना नै राम्रो विकल्प भएको भन्दै कडाइ गर्ने भएको हो ।

अब एक प्रदेशबाट अर्को प्रदेशमा जान निधेष गरिएको छ । यस्तै एउटा जिल्लाबाट अर्को जिल्लामा जान र एक पालिकाबाट अर्को पालिकामा जान पनि निधेष गरिएको छ ।

यस्तै कैलाली, कञ्चनपुर र बागलुङमा सङ्क्रमित देखिएकाले ती जिल्लामा धेरै व्यक्तिको छिटोभन्दा छिटो परीक्षण गर्ने निर्णय भएको छ ।

यस्तै स्वास्थ्यकर्मीलाई बीमा र प्रोत्साहन भत्ताको साथै स्वास्थ्य सुरक्षाका उपकरण छिटो उपलब्ध गराउने, पूर्णरुपले सुरक्षित बनाएर मात्रै उपचारमा लगाउने निर्णय भएको छ । स्वास्थ्यकर्मीको सुरक्षामा आँच पुर्‍याउनेलाई तत्कालै कारबाही गर्ने निर्णय भएको छ । 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.