पूर्वमन्त्री रायमाझीद्वारा पीपीई र थर्मल गन सहित स्वास्थ्य सामग्री वितरण (तस्बिरसहित)


श्याम घिमिरे
बैशाख ४ अर्घाखाँची-
कोरोना भाइरस संक्रमणको उच्च जोखिम बढ्दै गएपछि प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीले अर्घाखाँचीमा अभाब रहेको थर्मल गन सहित स्वास्थ्य साम्रागीहरु उपलव्ध गराउनु भएको छ । रायमाझीले जिल्लाका ६ वटै स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मी,सुरक्षाकर्मी र कोरोना भाईरस नियन्त्रण क्षेत्रमा लाग्ने जनशक्तिकालागि अति आबश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउनु भएको हो ।

रायमाझीले थर्मल गन ९ पिस ,पीपीई ५० पिस,सर्जिकल मास्क ३ हजार पिस, स्प्रे मेसिन १ पिस,डाक्टर ग्राउण्ड १५ पिस, ग्लोब्स २५० पिस र स्यानिटाइजर ३० लिटर उपलब्ध गराउनु भएको हो । रायमाझीले यसअघि पनि १० हजार सर्जिकल मास्क उपलब्ध गराउनु भएको थियो ।

रायमाझीले हाल आफूसँग उपलब्ध भएको स्वास्थ्य सामग्री वितरण गरिएको बताउनुभयो । नेकपाका प्रभाबसाली नेता समेत रहनुभएका रायमाझीले कोरोनाबाट बच्न लकडाउनको पुर्ण रुपमा पालना गर्नुपर्ने भन्दै सामाजीक दुरीलाई कायम गर्न जिल्लाबासीलाई आग्रह गर्नुभयो । उहाँले जिल्लामा रहेका क्रेन्टीनलाई व्यवस्थीत गरेर लैजानुपर्नेमा जोड समेत दिनुभयो ।

स्वास्थ्य सामाग्रीहरु प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेल मार्फत स्थानिय तह,सुरक्षाकर्मी,स्वास्थ्यकर्मी लगायतलाई समानुपातिक वितरण गरिने जनाईएको छ । वितरण कार्यक्रममा राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्का ,प्रदेशसभा सदस्यद्वय चेतनारायण आचार्य,रामजी प्रसाद घिमिरे,सन्धिखर्क नगर प्रमुख कमलप्रसाद भुसाल,प्रमुख जिल्ला अधिकारी विजयराज पौडेल,सुरक्षा निकायका प्रमुख,डाक्टर,स्वास्थ्यकर्मी,पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.