भारतीय क्वरेन्टीनमा बसेका नेपालीहरु नेपाल फिर्ता हुँदै


श्याम घिमिरे
बैशाख १३ अर्घाखाँची-

Image may contain: one or more people, people standing and outdoor

कोभिड १९ को संक्रमण नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण भारतीय क्वरेन्टीनमा राखिएका नेपालीलाई नेपाल सरकारले घर फर्काउन सुरु गरेको छ । सरकारले प्रदेश नं ५ का नेपाल भारत सीमा क्षेत्र रुपन्देहीको सीमा बेलहियाको भारत नौतनहवा र बाँकेको जमुनाह दशगजा क्वरेन्टीनमा बसेका २८२ नेपालीलाई सुक्रबार घर फर्काएको छ । नौतनहवाको क्वरेन्टीनमा बसेका ३४६ नेपाली मध्ये शुक्रबार १०१ जना नेपाल प्रवेश गरेका छन् । उनीहरुलाई सिद्धार्थनगरका नगरप्रमुख हरिप्रसाद अधिकारी र अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाका अध्यक्ष बालकृष्ण आचार्य लगायतले दशगजामा स्वागत गर्नुभएको हो ।

नौतनवाका तीन वटा क्वरेन्टीनमा नेपालीलाई २५ दिनदेखि राखिएको थियो । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थका अनुसार सुक्रबार र शनिबार गरेर २९८ जनाले नेपाल प्रवेशको अनुमति पाएको बताउनुभयो । उहाँहरु पहिलो चरणमा क्वरेन्टीन बस्नुभएको हो । अन्यलाई केही दिनमै फर्काइने समेत प्रजिअ पन्थले बताउनुभयो ।

यसैबिच भारतको नौतनहवा क्वरेन्टीनमा बसेका मध्ये १३९ जना अर्घाखाँची बासी रहेको मालारानी गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्यले जानकारी दिनुभयो । सुक्रबार नेपाल आएकामध्ये २६ जना मालारानी गाउँपालिकाका र १४ जना सन्धिखर्क नगरपालीकाका रहेको अध्यक्ष आचार्यले बताउनुभयो । यस्तै बाँकि रहेकालाई सनिबार ३ बटा गाडी मार्फत जिल्लामा ल्याउन लागीएको आचार्यले जानकारी दिनुभयो ।

उहाँहरुलाई लिन आफैँ सीमामा जानुभएभएका अध्यक्ष आचार्यले पालिकामा निर्माण गरिएका क्वरेन्टीनमा अझै १४ दिन राखेर स्वास्थ्य जाँचपछि मात्र घर पठाइने बताउनुभयो ।

Image may contain: one or more people, people walking, people standing and outdoor

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.