कुवेतमा थप ९ नेपालीमा कोरोना सङ्क्रमण, सङ्क्रमितको सङ्ख्या ८४ पुग्यो

बैशाख २१,काठमाण्डौ – कुवेतमा थप ९ जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ । यो सँगै कुवेतमा कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या ८४ जना पुगेको कुवेतमा रहेको नेपाली दूतावासले जनाएको छ । यसअघि कुवेतमा ७५ जना नेपालीमा सङ्क्रमण देखिएको थियो ।

सङ्क्रमित सबैको कुवेत सरकारले आफ्ना नागरिक सरह नै उपचार गरिरहेको दूतावासले जनाएको छ । कुवेतले निको भएका सङ्क्रमितको भने राष्ट्रियता नखुलाउने भएकाले सङ्क्रमित नेपाली श्रमिक निको भए नभएको बारे दूतावासलाई जानकारी नहुने कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले बताउनुभयो ।

कुवेतमा हुने नेपालीमा कसैलाई पनि कोरोना सङ्क्रमणको संका लागेमा रोजगारदातालाई खबर गर्न र सुरक्षा सतर्कता अपनाउन दूतावासले अनुरोध गरेको छ । र आफ्नो आवास छाडेर कतै पनि नजान पनि दूतावासले आग्रह गरेको छ । सङ्क्रमितको सङ्ख्या बढ्दै गए पनि निको हुनेको सङ्ख्या पनि बढिरहेकाले यसबाट नआत्तिन र उच्च मनोवलकासाथ रहन पनि दूतावासले कुवेतमा कार्यरत सबै नेपालीलाई आग्रह गरेको छ । source:ujyaaloonline

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.