Monthly Archives: May 2020

फेरि थपिए ९ जना कोरोना संक्रमित, संक्रमितको संख्या २६७ पुग्यो

जेठ २, २०७७ काठमाडौं : नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २६७ पुगेको छ। शुक्रबार थप ९ जना पुष्टि भएसँगै संक्रमितको संख्या बढेर २६७ पुगेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार पर्सा, उदयपुर, दाङ र काठमाडौंमा नौजना कोरोना संक्रमित थपिएका हुन्। अधिकारीले दिएको जानकारी अनुसार पर्साको वीरगञ्‍जस्थित नौ र १० वर्षीय बालकमा कोरोना पुष्टि भएको छ। त्यसैगरी वीरगञ्‍जकै २३

Read more

वडाअध्यक्ष बन्जाडेलाई पुत्रशोक

श्याम घिमिरे जेठ २ अर्घाखाँची –अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा नं. ३ का वडाअध्यक्ष बालकृष्ण बन्जाडेलाई पुत्रशोक परेको छ । अध्यक्ष बन्जाडेका जेष्ठ सुपुत्र कमल बन्जाडेको सुक्रबार ४१ बर्षको अल्पायुमै असामयिक निधन भएको हो । बन्जाडेको सुक्रबार दिउँसो करिव पौने १२ बजे आफ्नै घरमा हृदयघात भई उपचारको लागि अर्घाखाँची अस्पताल सन्धिखर्कमा ल्याईएकोमा अस्पतालले तत्कालै मृत घोषणा गरेको थियो । मृतक

Read more

अर्घाखाँचीमा झण्डै पाँच हजार परिवारलाई राहत वितरण, वडाबाट सही विवरण नआउँदा भूमिकास्थानमा ढिलाइ

जेठ २ गते- अर्घाखाँचीमा हालसम्म झण्डै पाँच हजार परिवारलाई राहत वितरण गरिएको छ । कोरोना संक्रमणका कारण गत चैत ११ गतेदेखि लकडाउन भएपछि जिल्ला सबै स्थानीय तहले चार हजार ९४५ घरपरिवारमा राहत वितरण गरेका हुन् । जिल्लाका छमध्ये पाँच स्थानीय तहका तीन परिवारलाई एक लाख २१ हजार ३०७ किलो चामल, १० हजार ३६४ किलो दाल, सात हजार ९१२ लिटर तेल

Read more

कोरोना संक्रमित अस्पतालबाट भागेमा गोली हानिने

जेठ २, २०७७ काठमाडौं : कोरोना संक्रमितहरु अस्पतालबाट भागेमा पक्रनका लागि सुरक्षाकर्मीले गोली हान्‍ने अधिकार पाएका छन्। केही दिनअघि पर्सास्थित नारायणी अस्पतालबाट दुईजना कोरोना संक्रमित भागेपछि प्रशासनले यस्तो कडा निर्णय गरेको हो। पर्सास्थित संकट व्यवस्थापन केन्द्रको बिहीबार बसेको बैठकले कोरोना संक्रमितहरु अस्पतालबाट भागेमा गोली हान्‍ने अधिकार सुरक्षाकर्मीलाई दिने निर्णय गरेको हो। पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितबहादुर बस्‍नेतका अनुसार संक्रमित

Read more

देश र जनताको लागी हाँसी हाँसी बलिदानी दिने सहिद टंक भुसालको ३९ औं स्मृति दिवस सम्पन्न ।

श्याम घिमिरेजेष्ठ २, अर्घाखाँची – नेपालकै प्रथम शिक्षक सहिद टंक भुसालको ३९ औं स्मृति दिवस एक कार्यक्रमको आयोजना गरी मनाईएको छ । जिल्लामा क्रियाशिल शिक्षकका पेशागत संगठनहरुको संयुक्त आयोजनामा आज स्मृति दिवस मनाईएको हो । बिश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको संक्रमणका कारण औपचारीक कार्यक्रम नभएपनि सन्धिखर्कको शान्ति बगैचामा रहेको स्वर्गीय भुसालको शालिकमा अबिर तथा माल्यापर्ण गरीएको अखिल नेपाल शिक्षक संघका

Read more
« Older Entries