Monthly Archives: May 2020

नेपालमा कोरोनाबाट पहिलो मृत्यु

जेठ ३, शनिबार काठमाण्डौ –  नेपालमा कोरोना भाइरसका कारण  एक जनाको ज्यान गएको पुष्टि भएको छ । सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीया महिलाको कोरोनाका कारण ज्यान गएको  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको हो । मन्त्रालयका अनुसार उहाँ १० दिनअघि त्रिवि शिक्षण अस्पतालमा नर्मल डेलिभरी गरेर सुत्केरी हुनुभएको थियो । २५ गते डिस्चार्ज भएर घर फर्कनुभएको थियो । तर उहाँलाई ज्वरो र

Read more

कम्युनिस्ट नेता रायमाझीको श्रद्धाञ्जली सभा सम्पन्न

शोभाखर पन्थी जेठ ३ अर्घाखाँची- नेपाल कम्युनिस्ट पार्टी नेकपा अर्घाखाँचीले दिवंगत नेता बुद्धि बहादुर रायमाझीको १३ औं दिनको पुण्ड तिथिमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । भगवती माध्यमिक बिद्यालयको प्राङ्गणमा सामाजिक दुरि कायम राखि सम्पन्न गरिएको श्रद्धाञ्जली कार्यक्रममा नेकपाका जिल्ला स्तरीय नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो । कार्यक्रममा मन्तव्य राख्ने बक्ताहरुले नेता रायमाझीको निधनले पार्टी लाई अपुरणिय क्षति भएको

Read more

थप २ जनामा काेराेना पुष्टि, सङ्क्रमितकाे सङ्ख्या २७८ पुग्याे

जेठ ३, काठमाण्डाै – शुक्रबार थप दुई जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । महोत्तरीका ५२ वर्षीय पुरुष र काभ्रेका २६ वर्षीय युवकमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसअघि बिहान ९ जनामा कोरोना भाइसको सङ्क्रमण पुष्टि भएको थियो । योसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या दुई सय ७८ पुगेको छ । कोरोना सङ्क्रमित सबैको स्वास्थ्य अवस्था सामान्य छ ।अहिलेसम्म सङ्क्रमितमध्ये

Read more

कपिलवस्तुमा तीनजनालाई कोरोना, संक्रमितको संख्या २७६

जेठ ३, २०७७ काठमाडौं : कपिलवस्तुमा थप ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यससँगै शनिबार एकैदिन ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कपिलवस्तुको शिवराज नगरपालिका, चन्द्रौटा निवासी २५, ३४ र ४४ वर्षका पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिएका छन्।  यसअघि शनिबारै बर्दिया नार्खु-११ की २८ वर्षीया महिला, सिराहा, सखुवा–१९ निवासी ३०

Read more

थप ६ जनामा कोरोना सङ्क्रमण, सङ्क्रमितको संख्या २७३ पुग्यो

जेठ ३, २०७७ शनिबार काठमाण्डाै – नेपालमा थप ६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । बर्दिया नार्खु-११ की २८ वर्षकी महिला, सिराहा सखुवा-१९ का ३० वर्षका पुरुष, वीरगन्ज नगरपालिका-१२ का २८ र २९ वर्षका पुरुष, सर्लाही रामनगर-४ का १८ वर्षकी युवती र चितवन गढौली-१ की २५ वर्षकी युवतीमा आज कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।उनीहरु सबैजनाको स्वास्थ्य

Read more