Monthly Archives: May 2020

अर्घाखाँचीको छाँया पोलिक्लिनिक सिल

जेठ ५, अर्घाखाँची – अर्घाखाँचीको छाँया पोलिक्लिनिकलाई सिल गरिएको छ । कोरोना सङ्क्रमण पुष्टि भएका गुल्मीका पुरुषले सन्धिखर्क नगरपालिका १ मा रहेको छाँया पोलिक्लिनिकमा आएर उपचार गराएको भन्ने खुलेपछि पोलिक्लिनिक सिल गरिएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताउनुभयो । गुल्मीको मदाने गाउँपालिका २ पुर्कोट घर भएका उनी गएकाे वैशाख ३१ गते ज्वरो आउने र रुघाखोकी लाग्ने भएपछि उपचारको लागि सन्धिखर्कको छाँया पोलिक्लिनिकमा

Read more

काेराेना पुष्टि भएपछि रुपन्देहीको क्रिमसन अस्पताल सिल

जेठ ५,  रुपन्देही – गुल्मीमा साेमबार पहिलो पटक कोरोना सङ्क्रमण पुष्टि भएको छ । मदाने गाँउपालिका वडा नम्बर २ का पुरुषमा सङ्क्रमण पुष्टि भएको हो । गएकाे जेठ १ गते उपचारको लागि रुपन्देहीको मणिग्राममा रहेको क्रिमसन अस्पतालमा ल्याइएका ४१ वर्षीय ती पुरुषको आईसीयूमा राखेर उपचार भइरहेको छ । उनी श्वासप्रश्वासका बिरामी हुन । भैरहवामा रहेको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा उनको स्वाब परीक्षण गरिएको थियो

Read more

प्रदेश पाँचको कोभिड विशेष कृषि कार्यक्रममा समानता छैन : कृषि वस्तु उत्पादन तथा प्रशोधन संघ

जेठ ५, नेपालगन्ज : प्रदेश पाँच सरकारको कोभिड विशेष कृषि कार्यक्रममा समानता नभएको कृषि वस्तु उत्पादन तथा प्रशोधन संघ बाँकेले जनाएको छ । कोरोना भाइरस महामारी पछिको खाद्य संकट समाधान गर्न पाँच नम्बर प्रदेश सरकारको यही जेष्ठ १ गते कोभिड विशेष कार्यक्रम ल्याएको हो । प्रदेश पाँचको मन्त्रीपरिषदको बैठकले ल्याएका उक्त कोभिड बिशेष कार्यक्रममा समेटिएका बिषयहरु असमानता भएको भन्दै संघले सच्चाउन

Read more