लिम्पियाधुरासहितको नयाँ नक्सा मन्त्रिपरिषदबाट पारित,अब निशानछाप, कामकाज र किताबमा अद्यावधिक नयाँ नक्सा राखिने

जेठ ६, २०७७ काठमाडौं : अब नेपालको निशानछाप, सरकारी कामकाज र विद्यालय लगायत सम्पूर्ण क्षेत्रमा अद्यावधिक नेपाली नक्सा नै प्रयोग गरिने भएको छ।  सोमबार बसेको मन्त्रीपरिषद् बैठकले भारतद्वारा अतिक्रमित लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको नक्सा गर्दै अब सबै कागजात र कामकाजमा नयाँ नक्सा प्रयोगमा ल्याउने निर्णय गरेको हो। 

मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता डा. युवराज खतिवडाले निशान छाप, सरकारी कामकाज र विद्यालय लगायत सम्पूर्ण क्षेत्रमा उद्यावधिक नक्सा नै प्रयोग हुने बताएका छन्। उनले भने, ‘नयाँ नक्सामा लिम्पियाधुरा लिपुलेक र कालापानी क्षेत्र समेटिएको छ, संघीयता अनुरुपका प्रदेश र स्थानीय तहहरु समेटिएका छन्, अन्य अन्तर्राष्ट्रिय सीमाहरु यथावत रहेका छन्।’

यसअघि भारतले गत नोभेम्बरमा जारी गरेको आफ्नो नयाँ राजनीतिक नक्सामा नेपाली भूमि लिम्यिाधुरा समेटेको थियो। पछिल्लो समय नेपाली भूमि हुँदै चीनको मानसरोबरसम्म जाने सडक निर्माण गरेपछि त्यसको चर्को विरोध भएको थियो।


Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.