घरेलु मदिरा बरामद तथा नष्ट

श्याम घिमिरे जेठ ७ अर्घाखाँची –
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले अवैध रुपमा उत्पादन गरीएको घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ । अवैध घरेलु मदिरा नियन्त्रण अभियान अन्तर्गत मंगलबार सन्धिखर्क नगरपालीका वडा नं.१ र २ का विभिन्न स्थानहरुमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरी टोलीले विशेष सुचनाको आधारमा घरेलु मदिरा नियन्त्रणमा लिएको हो ।


वडाका विभिन्न स्थानहरुमा चेकजाँच गर्दा रक्सी बनाउनको लागि तयारी अवस्थामा राखिएको कच्चा पदार्थ र तयारी मदिरा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकृत प्रहरी निरीष्क्षक प्रकाश खत्रीले जानकारी दिए ।


चेकजाँचको क्रममा प्रहरीले रक्सी बनाउनको लागि तयारी अवस्थामा राखिएको कच्चा पदार्थ अन्दाजी २६ सय लिटर तथा तयारी अवस्थामा रहेको अन्दाजी ३ सय ६५ लिटर घरेलु रक्सी र रक्सी बनाउन प्रयोग गरिएको १२ सेट भाडा, कच्चा पदार्थ तथा तयारी रक्सी भण्डारण गरिएका प्लाष्टिकका साना ठुला गरी ९४ वटा भाडाहरु बरामद गरिएको खत्रिले बताए ।

यसैबिच बरामद गरीएको घरेलु मदिरा तथा कच्चा पदार्थ जिल्ला प्रहरी कार्यालयको परिसर भित्रै नष्ट गरिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.