आज एकैदिन २७ जनामा काेराेना पुष्टि, झापामा मात्रै २३ जना थपिए

जेठ ८, – नेपालमा आज एकैदिन २७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । आज थपिएका सङ्क्रमितमध्ये झापामा मात्रै २३ जनालाई सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । झापा कचनकवल गाउँपालिकाका १७ देखि ५५ वर्ष उमेरका व्यक्तिलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै आज रुपन्देही, दाङ, सुनसरी र धनकुटका एक/एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या चार सय ५४ पुगेको छ ।अहिलेसम्म कोरोनाको कारण तीन जनाको ज्यान गएको छ भने ४९ जना निको भएका छन् । 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.