मालारानी गाउँपालिकाको कोरोना महामारी नियन्त्रण तथा व्यवस्थापन कोषमा १ करोड ११ लाख ७१ हजार रुपैया संकलन । भारतमा अलपत्र परेकालाई क्रमश स्वदेश फर्काउने पालीका अध्यक्ष आचार्यको भनाई ।


श्याम घिमिरे जेठ ८ अर्घाखाँची –
कोरोना भाईरसको संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारकोलागी मालारानी गाउँपालिका अर्घाखाँचीले स्थापना गरेको कोरोना महामारी नियन्त्रण तथा व्यवस्थापन कोषमा हाल सम्म १ करोड ११ लाख ७१ हजार ५ सय ३६ रुपैयाँ संकलन भएको छ । बिभिन्न निकाए तथा सहयोगी दाताहरुबाट सहयोग रमक प्राप्त भएको गाउँपालिकाका प्रमुख प्रसाशकिय अधिकृत विष्णु घर्तीले जानकारी दिनुभयो ।


घर्तीले संकटको घडीमा सहयोग गर्ने सम्पुर्ण सहयोगी हातहरुलाई धन्यवाद दिदै पालीकाले स्थापना गरेको कोरोना महामारी नियन्त्रण तथा व्यवस्थापन कोषमा सहयोग गर्न समेत जिल्लाबासीहरुलाई आग्रह गर्नुभएको छ ।


यसैबिच मालारानि गाउँपालीका अध्यक्ष बालकृष्ण आचार्यले कोरोना भाईरसका कारण भारतमा अलपत्र र संकटमा परेका पालीकाबासीहरुलाई क्रमश घर फर्काउन लागीएको बताउनुभएको छ । अध्यक्ष आचार्यले देश तथा बिदेशबाट घर फर्कने व्यक्तिले नेपाल सरकारले बनाएको मापदण्डमा रही अनिबार्य रुपमा क्वरेन्टीनमा बस्नुपर्ने समेत बताउनुभयो हो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.