अर्घाखाँचीमा चार सय ८८ जना क्वरेण्टीनमा


श्याम घिमिरे जेठ १० अर्घाखाँची –
रोजगारीको सिलसिलामा भारतका विभिन्न शहरमा गएका अर्घाखाँचीबासीहरु अहिले जिल्ला फर्किरहेका छन् । उनीहरुलाई पालिकाले क्वरेण्टीनमा राख्न थालेका छन । अर्घाखाँची जिल्लामा पछिल्लो एक हप्तामा भारतबाट आएका तीन सय भन्दा बढी व्यक्तिलाई क्वरेण्टीनमा राखिएको हो । भारतमा रोजगारीको शिलसिलामा गएकाहरु एक हप्तामा मात्र ३ सय १ जना जिल्ला भित्रिएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताउनु भयो । भारतबाट मानिसहरु दैनिक आइरहेको र सबैलाई स्थानीय सरकारले क्वरेण्टीनमा राखेको उहाँको भनाइ छ ।


जिल्लाका ६ स्थानीय सरकारले बनाएका बिभिन्न क्वरेण्टीनमा सुक्रबार अपह्रान्न सम्म ४ सय ८८ जना रहेको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले बताउनुभयो । भारतबाट आएका तथा अन्य स्थानबाट आएका सबैलाई सम्बन्धीत पालिकाले बनाएको क्वरेण्टीनमा राखिएकोे छ ।


जिल्लामा ७९ स्थानमा ९ सय १३ वटा बेड सहीतका क्वारेन्टीनहरु स्थापना गरीएको छ । जिल्लामा सुक्रबार सम्म बिभिन्न क्वरेन्टीनमा ४ सय ८८ जना रहेका छन । जसमध्ये सन्धिखर्क नगरपालीकामा ६८ जना, भूमिकास्थान नगरपालीकामा १७३ जना, शितगंगा नगरपालीकामा ९१ जना ,पाणिनी गाँउपालीकामा १८ जना,मालारानी गाउँपालीकामा ९० जना र छत्रदेव गाउँपालीकामा ४८ जना रहेको बताईएको छ । यस्तै जिल्लाका ३ स्थानमा १२ वटा आइसोलेसन बेडहरु रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँची जनाएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.