अर्घाखाँचीमा १ सय २२ स्थानमा १३ सय ८९ जना क्वरेण्टीनमा ।


श्याम घिमिरे
जेठ ११ अर्घाखाँची-
रोजगारीको सिलसिलामा भारतका विभिन्न शहरमा गएका अर्घाखाँचीबासीहरु यतिबेला जिल्ला भित्रिरहेका छन् । जिल्लामा भारतबाट आउनेको संख्या दिनप्रतिदिन बढ्दै गईरहेको छ । भारतबाट जिल्लाबासीलाई ल्याउनकालागी सुनौली र कृष्णनगर सिमानामा स्थानिय सरकारका प्रमुख सहितका पदाधिकारी त्यहाँ पुगेका छन । पछिल्लो समय स्थानिय सरकार र प्रशासन भारतबाट आउने व्यक्तिहरुको व्यवस्थापनमा जुटीरहेको छ । भारत लगायत अन्य स्थानबाट आएका सबैलाई सम्बन्धीत पालिकाले निर्माण गरेको क्वरेण्टीनमा राखिएकोे छ ।

यसैबिच जिल्लाका ६ वटा स्थानीय सरकारले निर्माण गरेका बिभिन्न १ सय २२ स्थानका क्वरेण्टीनमा आईतबार अपह्रान्न सम्म १३ सय ८९ जना व्यक्तिहरु रहेको अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिनुभएको छ ।

जसमध्ये सन्धिखर्क नगरपालीकामा १७० जना, भूमिकास्थान नगरपालीकामा ३३६ जना, शितगंगा नगरपालीकामा ४४३ जना ,पाणिनी गाँउपालीकामा ८८ जना,मालारानी गाउँपालीकामा २६० जना र छत्रदेव गाउँपालीकामा ९२ जना रहेको सहायक प्रजिअ खनालले जानकारी दिनुभयो ।

यस्तै जिल्लाका ३ स्थानमा १२ वटा आइसोलेसन बेडहरु समेत निर्माण गरीएको छ । अर्घाखाँचीका स्थानीय तहहरूले निरन्तर क्वरेन्टीनको संख्या बढाउदै गएको र त्यसमा बस्नेहरुको संख्या पनि बढ्दो रहेको प्रशासनको भनाई रहेको छ । अधिकांस क्वरेन्टीनमा भारतबाट आएका मानिसहरु नै बसेको जनाईएको छ । हाल सम्म सन्धिखर्क नगरपालीकामा १०, भूमिकास्थान नगरपालीकामा २७, शितगंगा नगरपालीकामा ३५ ,पाणिनी गाँउपालीकामा २३,मालारानी गाउँपालीकामा १५ र छत्रदेव गाउँपालीकामा १२ गरी कुल १ सय २२ स्थानमा क्वरेन्टीनको निर्माण गरीएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.