अर्घाखाँचीमा १६ सय २२ जना क्वरेन्टीनमा


श्याम घिमिरे
जेठ १२ अर्घाखाँची –
रोजगारीको सिलसिलामा भारतका विभिन्न शहरमा गएका अर्घाखाँचीबासीहरु यतिबेला जिल्ला भित्रिरहेका छन् । जिल्लामा भारतबाट आउनेको संख्या दिनप्रतिदिन बढ्दै गईरहेको छ । पछिल्लो समय स्थानिय सरकार र प्रशासन भारतबाट आउने व्यक्तिहरुको व्यवस्थापनमा जुटीरहेका छन । भारत लगायत अन्य स्थानबाट आएका सबैलाई सम्बन्धीत पालिकाले निर्माण गरेको क्वरेन्टीनमा राखिएकोे छ ।

यसैबिच जिल्लाका ६ वटा स्थानीय सरकारले निर्माण गरेका बिभिन्न १ सय ३१ स्थानका क्वरेन्टीनमा सोमबार अपह्रान्न सम्म १६ सय २२ जना व्यक्तिहरु रहेको अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिनुभएको छ । जसमध्ये सन्धिखर्क नगरपालीकामा १७९ जना, भूमिकास्थान नगरपालीकामा ४१० जना, शितगंगा नगरपालीकामा ५०० जना ,पाणिनी गाँउपालीकामा ११६ जना,मालारानी गाउँपालीकामा ३२१ जना र छत्रदेव गाउँपालीकामा ९६ जना रहेको सहायक प्रजिअ खनालले जानकारी दिनुभयो ।

अर्घाखाँचीका स्थानीय तहहरूले निरन्तर क्वरेन्टीनको संख्या बढाउदै गएको र त्यसमा बस्नेहरुको संख्या पनि बढ्दो रहेको प्रशासनको भनाई रहेको छ । अधिकांस क्वरेन्टीनमा भारतबाट आएका मानिसहरु नै बसेको जनाईएको छ । हाल सम्म सन्धिखर्क नगरपालीकामा ११, भूमिकास्थान नगरपालीकामा २८, शितगंगा नगरपालीकामा ३९ ,पाणिनी गाँउपालीकामा २३,मालारानी गाउँपालीकामा १८ र छत्रदेव गाउँपालीकामा १२ गरी कुल १ सय ३१ स्थानमा क्वरेन्टीनको निर्माण गरीएको छ । पछिल्लो दिन मात्रै २३३ जना भारतबाट आएकाहरुलाई बिभिन्न पालीकाले निर्माण गरेका क्वरेन्टीनमा राखीएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.