Monthly Archives: May 2020

सरकारले ल्यायाे १४ खर्ब ७४ अर्ब ६४ करोडकाे बजेट , ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य

जेठ १५, २०७७ काठमाडाैं : सरकारले आगामी वर्षको बजेट १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको ल्याएको छ। कुल बजेटमध्ये ९ खर्ब ४८ अर्ब ९४ करोड रुपैयाँ चालु खर्च हुनेछ। ३ खर्ब ५२ अर्ब ९१ करोड रुपैयाँ पुँजीगत खर्च हुनेछ। सरकारले ८ खर्ब ८९ अर्ब ६२ करोड रुपैयाँ राजश्व संकलनबाट उठाउनेछ। साथै वैदेशिक सहायताबाट ६० अर्ब ५२ करोड रुपैयाँ जुटाउने छ।

Read more

अर्घाखाँचीमा २९ सय ८४ जना क्वरेण्टीनमा,२ जना आइसोलेशनमा ।

श्याम घिमिरेजेठ १५ अर्घाखाँची-रोजगारीको सिलसिलामा भारतका विभिन्न शहरमा गएका अर्घाखाँचीबासीहरु यतिबेला जिल्ला भित्रिरहेका छन् । जिल्लामा भारतबाट आउनेको संख्या दिनप्रतिदिन बढ्दै गईरहेको छ । भारत लगायत अन्य स्थानबाट आएका सबैलाई सम्बन्धीत पालिकाले निर्माण गरेको क्वरेन्टीनमा राखिएकोे छ । जिल्लाका ६ वटा स्थानीय सरकारले निर्माण गरेका बिभिन्न १ सय ५९ स्थानका क्वरेन्टीनमा बिहिबार अपह्रान्न सम्म २९ सय ८४ जना व्यक्तिहरु रहेको

Read more

रुकुम घटना : अर्का युवकको शव भेटियो, मारिनेको संख्या पाँच पुग्यो

जेठ १५, २०७७ काठमाडौं : रुकुम पश्‍चिमस्थित चौरजहारी नगरपालिका-८ का गाउँलेबाट गरिएको आक्रमणमा परेर मारिने युवकको संख्या पाँच पुगेको छ। बेपत्तामध्ये तेस्रो युकको शव भेटिएसँगै मारिनेको संख्या पाँच पुगेको हो। सशस्त्र प्रहरीको गोताखोरसहितको टोलीले प्रहरीका अनुसार जाजरकोट छेडागाड नगरपालिका-५ काले भीरमा बिहीबार दिउँसो ती युवकको शव भेट्टाएको हो। ती युवक भेरी नगरपालिका-४ बस्‍ने १९ वर्षीय सन्जु बिक रहेका छन्। बेपत्ता

Read more

नेपालमा कोरोना संक्रमितको संख्या १०४२ पुग्यो ,आज एकै दिन भेटिए १५६ जना संक्रमित

जेठ १५, २०७७ काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या ह्‍वात्तै बढेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बिहीबारसम्म कोरोना संक्रमितको संख्या एक हजार नाघेको छ। बुधबार मात्रै ११४ जना कोरोना संक्रमित थपिएका थिए। मंगलबार ९० जना कोरोना संक्रमित थपिएका थिए। भारतले रेल सेवा खुलाएर परीक्षण नै नगरी नेपालीलाई सीमा क्षेत्रमा ल्याइ छाडिदिन थालेपछि नेपालमा तीन

Read more

अर्घाखाँचीका कोरोना संक्रमितलाई हटारीको आइसोलेशनमा राखीयो

श्याम घिमिरे,जेठ १५ अर्घाखाँची –अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका ८ पालिको कमला माबि क्वरेन्टीनमा रहेका दुई जना कोरोना संक्रमितलाई बुधबार सन्धिखर्क ल्याईएको छ । सन्धिखर्क नगरपालीका १ को रविचित्र जनता युबाबर्ष माबि हटारीमा निर्माण गरीएको आइसोलेशनमा ल्याईएको सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापाले जानकारी दिनुभयो । यस अघि उपचारका लागि कोरोना विशेष अस्पताल दाङ पठाउने तयारी भएको थियो । पछि जिल्लामै

Read more
« Older Entries