अर्घाखाँची बिभिन्न क्वरेन्टीनमा ४ हजार ४ सय भन्दा धेरै व्यक्ति , पछिल्लो २४ घण्टामा १९९ जना थपिए ।


श्याम घिमिरे
जेठ २१ अर्घाखाँची –
रोजगारीको सिलसिलामा भारतका विभिन्न शहरमा गएका अर्घाखाँचीबासीहरु यतिबेला जिल्ला भित्रिरहेका छन् । जिल्लामा भारतबाट आउनेको संख्या दिनप्रतिदिन बढ्दै गईरहेको छ । अर्घाखाँची जिल्लाका स्थानिय सरकारले निर्माण गरेका क्वरेन्टीनमा साढे ४४ सय भन्दा धेरै व्यक्तिहरु रहेका छन । जिल्लाका ६ वटा स्थानीय सरकारले १ सय ९३ स्थानमा निर्माण गरेका क्वरेन्टीनमा बुधबार दिउँसो ३ बजे सम्म ४ हजार ४ सय ८१ जना व्यक्तिहरु रहेको सहायक प्रमुख जिल्ला अधिकारी बिनोद खनालले जानकारी दिनुभयो ।

जसमध्ये सन्धिखर्क नगरपालीकामा ६ सय १८ जना, शितगंगा नगरपालीकामा १ हजार ९ जना, भूमिकास्थान नगरपालीकामा ११ सय ८१ जना, छत्रदेव गाउँपालीकामा ३ सय ८९ जना, मालारानी गाउँपालीकामा ७ सय ७७ जना र पाणिनी गाँउपालीकामा ५ सय ७ जना रहेको सहायक प्रजिअ खनालले बताउनुभयो । अर्घाखाँचीका स्थानीय तहहरूले निरन्तर क्वरेन्टीनको संख्या बढाउदै गएको र त्यसमा बस्नेहरुको संख्या पनि बढ्दो रहेको छ । अधिकांस क्वरेन्टीनमा भारतबाट आएका मानिसहरु नै बसेको जनाईएको छ । पछिल्लो दिन मात्रै १ सय ९९ जना भारतबाट आएकाहरुलाई बिभिन्न पालीकाले निर्माण गरेका क्वरेन्टीनमा राखीएको सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापाले बताउनु भयो ।।

जिल्लाभर १ सय ९३ स्थानका क्वरेन्टीनमा ४ हजार ६ सय ५५ वटा बेड रहेका छन । यस्तै जिल्लाका ३ स्थानमा ५१ वटा आइसोलेसन बेडहरु रहेका छन । जसमा रबिचित्र जनता युबाबर्ष माबि सन्धिखर्क १ हटारीनेटामा ४५,अर्घाखाँची अस्पतालमा २ र प्राथमिक स्वास्थ्य केन्द्र छत्रदेवमा ४ वटा आइसोलेसन बेड रहेको जनाईएको छ । यता गत बुधबार मात्रै पाणिनी गाउँपालिका ८ को क्वरेन्टीनमा रहेका दुई जना कोरोना संक्रमितलाई सन्धिखर्कको हटारीमा निर्माण गरीएको आइसोलेशन कक्षमा राखिएको छ । उनिहरु दुबैको स्वास्थ्य अबस्था सामान्य रहेको अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले जानकारी दिनुभएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.