Monthly Archives: June 2020

नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे सङ्ख्या ११ पुग्यो

जेठ २३, काठमाण्डौ – नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ११ पुगेको छ । सुर्खेतमा कोरोना सङ्क्रमणकाे कारण एक जना युवकको ज्यान गएको पुष्टि भएसँगै नेपालमा कोरोनाकाे कारण ज्यान गुमाउनेको सङ्ख्या ११ पुगेको हो । १४ दिन क्वरेण्टीनमा बसेर आरडीटी परीक्षणमा नेगेटिभ रिर्पोट आएपछि घर फर्किएका पञ्चपुरी नगरपालिका १ का २८ वर्षीय युवककाे मृत्यु भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । उनकाे

Read more

६८ जिल्लामा पुग्याे काेराेना सङ्क्रमण, प्रदेश २ र ५ अति प्रभावित,आज देशभर २७८ संक्रमित थपिए, जम्मा संख्या २९ सय १२ पुग्यो

जेठ २३, काठमाण्डाै – शुक्रबार गाेरखा र कास्कीमा काेराेना भाइरस सङ्क्रमित भेटिएसँगै नेपालका ६८ जिल्ला यसबाट प्रभावित भएका छन् ।  अहिलेसम्म प्रदेश नम्बर १ को १२ जिल्लाका दुई सय ४२ जनामा सङ्क्रमण पुष्टि भएको छ । यस्तै प्रदेश २ को आठ जिल्लाका नाै सय ९३ जना, वाग्मती प्रदेशको १२ जिल्लाका ८५ जना, गण्डकी प्रदेशको गोरखा र कास्कीसहित ९ जिल्लाका ५७ जनामा सङ्क्रमण पुष्टि

Read more

अन्य जिल्लामा उत्पादन भएको तरकारी अर्घाखाँचीमा आयात गरी बिक्री बितरण गरीने ।

श्याम घिमिरेजेठ २३ अर्घाखाँची-अर्घाखाँची जिल्लामा अन्य जिल्लामा उत्पादन भएका तरकारी आयत गरि बिक्री बितरण गरिने भएको छ । सदरमुकाम सन्धिखर्कमा बिहिबार प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलको अध्यक्षतामा बसेको सर्बदलिय बैठकले अन्य जिल्लामा उत्पादन भएको तरकारी, स्थानीय तह, कृषि सहकारी, कृषि फर्मको सिफारिस र बिल बिजकको आधारमा जिल्लामा आयत गरि बिक्री बितरण गर्ने निर्णय गरेको हो । बैठकले बिहान ७ बजेदेखि

Read more

कोरोनाविरुद्धको नेपालको खोपमा डब्ल्युएचओको चासो

जेठ २३, २०७७ हेटौँडा : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले हेटौँडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको  छ। अध्ययन संस्थानका प्रा.डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेका भनिएको खोप तथा त्यसको उपयोगिता सम्बन्धमा डब्ल्युएचओले बिहीबार जानकारी लिएको हो। जेनेभास्थित डब्ल्युएचओ कार्यालयले भिडियो कन्फरेन्समार्फत नेपालसहित ७३ राष्ट्रका विज्ञसँग कोरोनाविरुद्ध निर्माण भइरहेको औषधि र आवश्यक

Read more

नेपालमा एमसीसी र साम्राज्यवादी रणनीति

अनिलकिशोर घिमिरे नेपाल सरकार र अमेरिकाबीच २०७४ भदौ २९ मा सम्झौता भई कार्यालय र कर्मचारी समेत ब्यवस्था भइसकेको एमसीसी (मिलिनियम च्यालेन्ज कर्पोरेसन) सम्झौता कार्यान्वयनको सन्र्दभमा २०७५ असार ३० गते संसदमा अनुमोदनको लागि पेस भएपछि यस बिषयमा गम्भीर छलफल भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले यसलाई जसरी भएपनि पास गर्नुपर्ने बताएका छन् । तत्कालीन सभामुख कृष्णबहादुर महराले संसदमा छलफलको लागि

Read more
« Older Entries