अर्घाखाँचीमा अबिरल बर्षाका कारण गोठ भत्किदा लाखौंको क्षेति


श्याम घिमिरे
जेठ २४ अर्घाखाँची-
अर्घाखाँचीमा गएराति परेको अविरल वर्षाका कारण किसानको गोठ भत्किदा लाखौंको क्षती भएको छ । जिल्लाको छत्रदेव गाउँपालिका वडा नं. ६ ठुलापोखराको जरेखोलामा पशुपालन व्यवसाय गर्दे आएका मोहन मुखियाको कच्ची गोठ भत्किदा गोठमा रहेका गाई भैसी मरेका हुन । गोठ भत्किदा एउटा दुहुनो भैंसी र एउटा होल्याण्ड ब्याउने गाईको मृत्यु भएको छ भने एउटा जर्सि गाई पुर्णरूपमा घाईते अवस्थामा रहेको वडाअध्यक्ष कमल पौडेलले जानकारी दिनुभएको छ ।

एक महिनाको अन्तरालमा मुखियाको एक वटा भैंसिको मृत्यु भईसकेको र दुध विक्रीका लागी सन्धिखर्क गएको समयमा उनको एउटा मोटरसाईकल समेत आफै जलेर नष्ट भएको थियो । यसरी मुखियालाई करिब रू ५ लाखकोे क्षति भएको वडाअध्यक्ष पौडेलले बताउनुभयो ।

एउटा विपन्न किसानको छोरा कृषि तथा पशुपालनको क्षेत्रमा आबद्ध भई गाउँमै रोजगारी सृजना गरेर बसेको अबस्थामा पिडा माथि पिडा थपिएको भन्दै अध्यक्ष पौडेलले दुख्ख व्यक्त गर्नुभएको छ । पौडेलले दुःखको समयमा मलम लगाउन सहयोगी मनहरूलाई सहयोग संकलन अभियानमा साथ दिन आग्रह गर्दे स्थानिय सरकारको तर्फबाट सम्भव भएसम्मको राहत सुविधाका लागि पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ । आजै पौडेलले सहयोग स्वरुप व्यक्तिगत रुपमा मुखियालाई रु ५ हजार हस्तान्तरण गर्नुभएको बताईएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.