कोरोनाको कहर : देउराली यातायात अर्घाखाँची प्रालिले ७० लाख राहत बाड्ने ।


श्याम घिमिरे
जेठ २४ अर्घाखाँची –

लकडाउनका कारण मारमा परेका देउराली यातयात अर्घाखाँची प्रालिका गाडी धनि,चालक,सहचालक र कर्मचारीलाई संस्थाले राहत बितरण गर्ने भएको छ । संस्थाको सनिबार बसेको सञ्चालक समितिको बैठकले गाडीधनी,चालक, सहचालक र कर्मचारीलाई ७० लाख भन्दा धेरै रकम बितरण गर्ने निर्णण गरेको प्रबक्ता गोबिन्द बन्जाडेले जानकारी दिए ।

बैठकले प्रति गाडी धनिलाई रु ४३ हजारका दरले राहत दिने निर्णय गरेको हो । यस्तै बैठकले चालकलाई रु ५ हजार, सहचालकलाई रु २ हजार र कर्मचारीलाई प्रतिव्यक्ति रु ५ हजारका दरले राहत दिने निर्णय भएको प्रबक्ता बन्जाडेले बताए ।

यस्तै समितिको निर्णयले चालक,सहचालक र कर्मचारीको एक लाख बराबरको कोरोना बिमा समेत गर्ने निर्णय भएको संस्थाका अध्यक्ष योगेन्द्र खड्काले जानकारी दिए । यस अघि प्रालिले कोरोना भाइरसको महामारी संग लड्न जिल्लाका ६ वटै स्थानिय पालीकाहरुलाई १ लाख १ हजारको दरले ६ लाख ६ हजार रुपैया प्रदान गरेको महासचिब प्रेम पाण्डेले बताए ।

२०६१ सालमा स्थापना भई छोटो समयमा शहर देखी गाँउका कुनाकन्दाराहरुमा आफ्नो सेबा बिस्तार गरेको देउराली यातायात अर्घाखाँची प्रालिमा हाल सवारी जिप, हाईस गाडी र मिनि बस गरी १ सय ४३ वटा सभारी साधनले सेबा दिई रहेका छन ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.