कोरोना सङ्क्रमणको फैलावट रोक्ने भएकाले मास्क लगाउन डब्ल्यूएचओको सुझाव

जेठ २४ काठमाण्डौ – विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले मास्कसँग सम्बन्धित निर्देशिका परिवर्तन गरेको छ । केही समयअघिसम्म मास्कले कोरोना भाइरसको उच्च गतिलाई नरोक्ने बताएको डब्ल्यूएचओले अब भने मास्कलाई सुरक्षाका अरु उपकरण जत्तिकै महत्वपूर्ण भनेको छ ।

मास्क लगाउन सुझाव दिँदै डब्ल्यूएचओले सार्वजनिक ठाउँमा मास्क लगाउँदा भाइरस फैलने दर कम हुने जनाएको बीबीसीले जनाएको छ । उसले फेब्रिक मास्क नभइ मेडिकल मास्क लगाउन पनि सुझाव दिएको छ । 

डब्ल्यूएचओका कोरोना सम्बन्धित विशेषज्ञ मारिया भान केरखोभले पछिल्ला हप्ताका अनुसन्धानले मास्कले भाइरस फैलावटलाई रोक्न मद्दत पुग्ने प्रमाण भेटिएकाले सबै देशले यसलाई पालना गर्नुपर्ने बताउनुभयो । मास्क लगाउँदा मात्रै कोरोनाबाट बच्न नसकिने तर फैलावटको दर भने कम हुने डब्ल्यूएचओले बताएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.