डोल्पाका ५८ वर्षीय पुरुषको कोरोना सङ्क्रमणकाे कारण मृत्यु भएकाे पुष्टि, कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १२

जेठ २४ जुम्ला – डोल्पामा ज्यान गुमाउनुभएका ५८ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । जगदुल्ला गाउँपालिका ३ का ५८ वर्षीय पुरुषको गएको जेठ २० गते होम क्वरेण्टीनमै मृत्यु भएको थियो  । उहाँको स्वाब परीक्षण गर्दा कोरोना रिपाेर्ट पोजेटिभ आएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले जनाएको छ । प्रतिष्ठानले प्रकाशन गरेको विज्ञप्तिमा उहाँ अस्थायी रुपमा सुर्खेतमा बसोवास गर्दै आउनुभएकाे र २०७७ जेठ १६ गते डोल्पा (घर) गएर होम क्वरेण्टीनमा बस्नुभएकाे उल्लेख छ । 

उहाँको जेठ २२ गते स्वाब सङ्कलन गरेर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल ल्याइएको थियो । पीसीआर विधिबाट परीक्षण गर्दा नतिजा पोजेटिभ आएको निर्देशक मङ्गल रावलले जानकारी दिनुभयो । प्रतिष्ठानले घटनास्थल भौगोलिक दुरीले टाढा भएकाेले त्यहाँका स्थानीयको समन्वयमा मृतककाे सम्पर्कमा आएका अन्यको खोजी गरिने बताएको छ । योसहित कर्णालीमा कोरोना सङ्क्रमणकाे कारण मृत्यु हुने सङ्ख्या तीन पुगेको छ । यसअघि सुर्खेतमा एक र दैलेखमा एक जनाको कोरोनाकाे कारण मृत्यु भएको पुष्टि भएको छ ।  योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १२ पुगेको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.