३ लाख घूससहित पाल्पाका वडाअध्यक्ष पक्राउ

जेठ २४ बुटवल — तिन लाख घूस रकम सहित पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नम्बर ७ का वडाअध्यक्ष देवेन्द्र पुन शनिबार बिहान पक्राउ परेका छन् । अख्तियार अनुसन्धान आयोग बुटवल कार्यालयले काठ लिलामीमा सहजीकरण गरिदिने भन्दै उपभोक्ताबाट रकम लिँदै गर्दा उनलाई घूससहित पक्राउ गरेको हो । कार्यालयका सूचना अधिकृत सुरेश भुसालले सैनामैना–१० झिमझिमेमा उपभोक्ताबाट रकम लिँदै गर्दा उनलाई पक्राउ गरेको बताए । पुनले काठ लिलामीमा रकम लिने गरेको यसअघि पनि धेरै पटक उपभोक्ता मार्फत गुनासो आएको थियो । अभियुक्त पुनलाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिएर बुटवल कार्यालयमा ल्याउँदै गरेको सूचना अधिकृत भुसालले जानकारी दिए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.