३ सय १४ जना थपिएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या ३७ सय ६२ पुग्यो, ४ सय ८८ जना उपचारपछि निको

जेठ २६, सोमबार -काठमाण्डौ – नेपालमा आज सोमबार ३ सय १४ जना कोरोनाका नयाँ बिरामी थपिएका छन् । आज २ सय ९४ जना पुरुष र २० जना महिला गरी २ सय १४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि भएकाको सङ्ख्या ३७ सय ६२ पुगेको छ । यस्तै आज थप २१ जना डिस्चार्ज भएसँगै निको हुनेको सङ्ख्या ४ सय ८८ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो । 

उहाँकाअनुसार स्याङ्जाका एक पुरुषको कोरोनाको कारण ज्यान गएसँगै ज्यान गुमाउनेको सङ्ख्या १४ पुगेको छ । मन्त्रालयको अनुसार आज १ लाख ७० हजार ७ सय ३२ जना क्वरेण्टीनमा र ३ हजार २ सय ६० जनालाई आइसोलेसनमा राखिएको छ ।  आजसम्ममा १ लाख ९ सय ७१ जनाको पीसीआर र १ लाख ५६ हजार ९ सय ९१ जनाको आरडीटी विधिबाट कोरोना परीक्षण गरिएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.