Monthly Archives: June 2020

आइसोलेशनमा रहेका व्यक्तिहरुको अबस्था बुझन प्रजिअ पौडेल आइसोलेशन स्थलमा

सन्धिखर्क एफएमजेठ २८ अर्घाखाँची-अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेल आइसोलेशनमा रहेका व्यक्तिहरुको अबस्था बुझन् बुधबार रबि चित्र जनता युबाबर्ष माबि हटारी पुगेका छन । कोरोना पोजेटिभ देखिएपछि आईसोलेशनमा बसेका व्यक्तिहरुको बसाई लगायतको अबस्था बुझन प्रजिअ पौडेल आईसोलेशन स्थानमा पुगेका हुन । हटारीमा ३४ जना कोरोना संक्रमित व्यक्तिहरु आईसोलेशमा रहेका छन । यस्तै जिल्लामा हाल सम्म देखिएका ३६ जना संक्रमित मध्ये

Read more

अर्घाखाँची : क्वरेण्टीनमा बसेका एक जनाकाे मृत्यु

जेठ २८,अर्घाखाँची – मालारानी गाउँपालिकाको क्वरेण्टीनमा बसेर उपचारको लागि बुटबल गएर पर्कँदै गरेका एक पुरुषको मृत्यु भएको छ । मालारानी गाउँपालिका ४ ब्याडापाटाको सार्वजनिक आधारभूत विद्यालयमा रहेको क्वरेण्टीनमा बसेका ५७ वर्षीय पुरुषको उपचार गरी फर्कँर्दै गर्दा बाटोमै मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यलयका जन स्वास्थ्य निरीक्षक गणेशराज पौडेलले बताउनुभयो ।  भारतबाट आउनुभएका उहाँ क्वारेण्टीनमा बस्दै आउनुभएको थियो । घाटीको शल्यक्रियासमेत गर्नुभएका उहाँलाई

Read more

यात्रु बाेकेर क्वरेण्टीन हिँडेकाे टिप्पर कर्णालीमा खस्याे, ३० भन्दा बढी बेपत्ता

जेठ २८, २०७७ बुधबार कालीकोट – रास्कोट नगरपालिकाको टिप्पर लालीघाट बजार नजिकै दुर्घना भएको छ । लालीघाटबाट मान्छे लिएर क्वरेण्टीनतर्फ गइरहेकाे टिप्पर कर्णाली नदीमा खसेकाे हाे । टिप्परमा ४० जनाकाे हाराहारीमा यात्रु रहेकाे बताइएकाे छ ।  तीन जनाको शव भेटिएको र ३० भन्दा बढी हराइरहेको प्रारम्भिक जानकारी आएको छ । उद्धारकाे लागि नेपाल प्रहरी, नेपाल आर्मी घटनास्थलतर्फ गएको सहायक प्रमुख जिल्ला अधिकारी

Read more

जर्ज फ्लोयडको अन्त्येष्टि : आमाकै चिहानछेउ गाडियो, हत्या गर्नेलाई जमानत

जेठ २८, २०७७ – अमेरिकी प्रहरीद्वारा हत्या गरिएका जर्ज फ्लोयटको अन्तेष्टिमा हजारौं मानिसहरु उपस्थित भएका छन्। फ्लोयडको शवलाई उनकै आमाको चिहानछेउ अन्तेष्टि गरिएको छ।  टेक्सस राज्यको ह्युस्टन शहरमा फ्लोयडको अन्तिम संस्कार गरिएको हो। अत्येष्टिमा सहभागी नश्लीय हिंसाविरोधी आन्दोलनकारीहरुले फ्लोयडलाई सदैव सम्झिने भन्दै अमेरिकामा कालो भएर जन्मनु नै उनको अपराध भएको प्रतिक्रिया दिएका छन्। फ्लोयडको जन्म भएको नर्थ क्यारोलिना राज्यमा आयोजित

Read more

धानमन्त्री ओलीले संसदमा सम्बोधन गर्ने

जेठ २८, २०७७ काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्ने भएका छन्। बिहान ११ बजे प्रधानमन्त्री ओलीले  संसदमा सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।  प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने भनिएपनि  कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेका काम, संसदमा पेश गरिएको बजेटलगायतका विषयमा संसदमा उठेका प्रश्नहरुको प्रत्युत्तरको जवाफ दिने सिलसिलामा बोल्ने थाहा भएको छ।  लकडाउनको  निर्णय गर्न आजै मन्त्रिपरिषद् बैठक बस्ने

Read more
« Older Entries