मनसुन सुरु हुन अझै १ हप्ता लाग्ने

जेठ २८, २०७७ काठमाण्डाै – नेपालमा सामान्यतया जुन १० तारिख अर्थात् आजबाट मनसुन सुरु हुने भए पनि यस वर्ष ढिला हुने भएको छ । नेपालमा आउने मनसुनी प्रणाली बङ्गाल खाँडीको उत्तरी भूभागमा रहेको र त्यो नेपालको पूर्वी भूभागमा आइपुग्न झण्डै एक हप्ता लाग्ने मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो ।

बङ्गालको उत्तरी भूभागमा रहेको मनसुनी प्रणाली एक/दुई दिनमै पश्चिमी भूभागमा आउने र एक हप्ताभित्र दार्जिलिङ हुँदै नेपालको पूर्वी भूभागमा प्रवेश गर्ने उहाँले बताउनुभयो । यस वर्ष मनसुन सुरु हुँदा भने कमजोर प्रणाली आउने देखिएको मौसम पूर्वनुमान महाशाखाले जनाएको छ ।

बलियो प्रणाली नदेखिएकोले मनसुनको सुरुवातमा सामान्य पानी पर्ने र बिस्तारै मनसुन बलियो भएर न्यून चापीय रेखा नेपाल नजिक आएपछि औसत पानी पर्ने सम्भावना देखिएको मौसमविद् कँडेलले बताउनुभयो ।

यसैबीच अहिले कर्णाली प्रदेशको सुर्खेतलगायतको ठाउँमा ठूलो वर्षा भइरहेको छ । यस्तै प्रदेश पाँच, गण्डकी प्रदेश, वाग्मती प्रदेश र प्रदेश २ को पर्सा र आसपासमा सामान्य पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो र राति देशका धेरैजसो ठाउँमा बादल लाग्ने र प्रदेश १, वाग्मती, गण्डकी र प्रदेश पाँचका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् कँडेलले बताउनुभयो । आज कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा भने मेघगर्जन तथा चट्याङसहित ठूलो पानी पर्ने सम्भावना रहेकोले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ । 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.