Monthly Archives: June 2020

निजी प्रयोगशालाले पनि पीसीआर परीक्षण गर्ने, खर्च स्वास्थ्य मन्त्रालयको

जेठ ३२, काठमाण्डाै – अब निजी प्रयोगशालाले पनि कोरोना परीक्षण गर्न पाउने भएका छन् । आवश्यक प्रक्रिया पूरा गरेर, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वीकृति लिएर निजी ल्याबले पीसीआर परीक्षण गर्न पाउने भएका हुन् । विभिन्न स्थानमा लिइएका नमुना निजी प्रयोगशालाले परीक्षण गर्न पाउने छन् । मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार ती नमुना जाँचको लागि लाग्ने खर्च स्वास्थ्य मन्त्रालयले नै बेहोर्ने छ ।

Read more

आइतवार थपिए ४ सय २५ जना कोरोना संक्रमित

 जेठ ३२, २०७७ आइतबार काठमाण्डौ – नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच हजार सात सय ६०  पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा  चार सय २५  जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा भएको परीक्षणमा मोरङका २५ तथा झापा र सुनसरीका एक/एक जनामा गरी २७ जनामा पुष्टि भएको छ ।   कोशी अस्पतालमा भएको परीक्षणमा

Read more

सरकारले चालेका पछिल्ला कदम प्रती असन्तुष्ट जनाउदै अर्घाखाँचीका युवाद्धारा एक घण्टा धर्ना

विक्रम पाण्डेजेष्ठ ३२ , अर्घाखाँची- कोरोना नियन्त्रण गर्न सरकारले चालेका पछिल्ला कदम प्रती असन्तुष्ट जनाउदै अर्घाखाँचीका युवाहरुले एक घण्टा धर्ना दिएका छन् । कोरोना भाइरस(कोभिड–१९) को रोकथाममा सरकार संवेदनशिल नभएको, क्वरेन्टीन र आइसोलेशन मापदण्ड विपरित भएको र शंकास्पद बिरामीलाई पिसिआर टेस्ट गर्नुपर्ने, कोरोना नियन्त्रणमा करिब १० अर्ब खर्चको हिसाब सार्वजनिक गर्नुपर्ने लगायतका माग राख्दै आईतबार सन्धिखर्कमा युबाहरु धर्नामा बसेका हुन्

Read more

नेपालको नयाँ नक्शा सहित अर्घाखाँचीमा दिप प्रज्वलन

लक्ष्मण घिमिरे ३१ जेष्ठ २०७७-संविधान संशोधन विधेयक संसदबाट पारित भएको खुशियालीमा अर्घाखाँचीका सर्वसाधारणले थपिएको भुभाग सहितको नक्सामा दिप प्रज्वलन गरेका छन् । नेपालको जमिन नक्सामा ल्याउन नेपालका सम्पुर्ण राजनितिक दलहरु एकै ठाउमा आएर राष्ट्रियताको पक्षमा एकजुट भएको खुशीयालीमा दिप प्रज्वलन गरिएको हो ।सन्धिखर्कका स्थानीय वासिन्दाहरु आफै शान्ती बगैचामा सामाजिक दुरी कायम गर्दै जम्मा भएर कालापानी, लिपुलेक र लिम्पीयाधुरा समेटिएको नक्शा

Read more

पर्वत पहिरो : आठ जनाको शव भेटियो, एक जना अझै बेपत्ता

जेठ ३२,पर्वत – पर्वतको कुस्मा नगपालिका वडा नम्बर ३ दुर्लुङको ढकालबारीमा पहिरोमा पुरिएका मध्ये ८ जनाको शव भेटिएको छ । गएराति आएको पहिरोले तुलबहादुर थापाको ५ जना र कमला विकको तीन जनाको परिवारलाई घर सहित पुरेको थियो । पुरिएका ९ जनामध्ये ३ जनाको शव गएराति नै भेटिएको थियो, आज बिहान थप ५ जनाको शव भेटिएको छ । पहिरोमा पुरिएका दिपा थापा, कमला

Read more
« Older Entries