अर्घाखाँचीमा एकैदिन १५ जनामा कोरोना संक्रमित , संक्रमितको संख्या ५९ पुग्यो (कुन पालीकामा कति संक्रमित बिबरण सहित हेर्नुहोस)


श्याम घिमिरे
असार २ अर्घाखाँची-

अर्घाखाँचीमा मंगलबार थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परिक्षणमा जिल्लाका १५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका सुचना अधिकारी बिजय बिकले जानकारी दिनुभयो । संक्रमितहरु शितगंगा नगरपालिकाका ७ जना, भुमिकास्थान नगरपालिकाका २ जना, छत्रदेव गाउँपालिकाका २ जना, मालारानी गाउँपालिका ३ जना र पाणिनी गाउँपालिकाका १ जना रहेका छन । यो संगै अर्घाखाँचीमा कोरोना संक्रमितको संख्या ५९ पुगेको हो ।

हालसम्म सन्धिखर्क नगरपालीकाका २९ जना, शितगंगा नगरपालीकाका १० जना, भुमिकास्थान नगरपालीकाका ८ जना, पाणिनि गाउँपालीकाका ५ जना, मालारानी गाउँपालीकाका ४ जना र छत्रदेव गाउँपालीकाका ३ जना गरी जम्मा ५९ जनामा कोरोना संक्रमण देखिएको हो । जसमा भुमिकास्थानका र मालारानीका एक/एक जना गरी दुईजनाको भने मृत्यु भईसकेको छ ।

यता अर्घाखाँचीमा भारतबाट आएका २५ सय भन्दा धेरै व्यक्तिहरु बिभिन्न क्वरेन्टीनमा रहेका छन । जिल्लाका ६ वटा स्थानीय सरकारले निर्माण गरेका २ सय ४३ स्थानका क्वरेन्टीनमा मंगलबार दिउँसो ३ बजे सम्म २५ सय १८ जना व्यक्तिहरु रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।


जसमध्ये सन्धिखर्क नगरपालीकामा ३ सय ७७ जना, शितगंगा नगरपालीकामा ५ सय ५१ जना, भूमिकास्थान नगरपालीकामा ७ सय २१ जना, छत्रदेव गाउँपालीकामा ३ सय २० जना, मालारानी गाउँपालीकामा ३ सय २९ जना र पाणिनी गाँउपालीकामा २ सय २० जना रहेको सहायक प्रमुख जिल्ला अधिकारी बिनोद खनालले जानकारी दिनुभएको छ । पछिल्लो २४ घण्टामा बिभिन्न पालीकाको क्वरेन्टीनबाट ३६ जना डिस्चार्ज भएका छन भने ६२ जना थपिएका छन ।


यता सोमबारसम्म कोरोना पोजेटिभ देखिएका अर्घाखाँचीका ३६ जनालाई आईसोलेशन कक्षमा राखीएको छ, उनिहरु सबैको स्वास्थ्य अबस्था सामान्य रहेको अर्घाखाँची अस्पतालका प्रमुख डा.कपिल गौतमले जानकारी दिनुभयो छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.