अर्घाखाँचीमा क्वारेन्टाईनमा रहेकी १७ वर्षिय गर्भवती युवतीमा कोरोना पुष्टि

घनश्याम पौडेल
 १ असार २०७७ अर्घाखाँची। अर्घाखाँची जिल्लामा १७ वर्षिय युवतीमा कोरोना पुष्टि भएको छ । पाणिनी गाउँपालिकाको वडा नं. ८ पालीको एक युवतीमा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरिक्षक गणेशराज पौडेलले बताए । 

केहीदिन अघि भारतबाट परिवार सहित आएकी युवती पालीमा रहेको कमला माविको क्वारेन्टाइनमा बसेकी थिईन् । ति युवतीको पेटमा करिब ३ महिनाको बच्चा रहेको अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले जानकारी दिए ।

वैवाहिक बन्धनमा बाँधिएकी ती युवती भारतको हरियाणमा श्रीमानसँगै बस्दै आएकी थिईन् । गत जेठ १० गते कपिलबस्तुको कृष्णनगर नाका हुँदै आएकी थिईन । उनको आरडिटी परिक्षण पोजेटिभ देखिएपछी स्वाब संकलन गरी परिक्षणका लागी पठाईएको थियो । उनको स्वास्थ्य सामान्य रहेको छ ।

संक्रमितको संख्या अर्घाखाँचीमा ४४ पुग्यो

अर्घाखाँची जिल्लामा आज एकैदिन ६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । भूमिकास्थान नगरपालिकाका दुई जना पुरुष र पाणिनी गाउँपालिकाका एक जनामा संक्रमण पुष्टी भएको हो । तिन जना संक्रमणको परिक्षण प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको थियो । आज नै दिउँसो भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा भूमिकास्थान नगरपालिकाका ३ जना पुरुषमा कोरोना पुष्टि भएको थियो । अर्घाखाँचीमा संक्रमितको संख्या ४४ पुगेको छ । जसमध्ये दुई जनाको कोरोना संक्रमणकै कारण मृत्यु भइसकेको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.