अर्घाखाँची उद्योग बाणिज्य संघद्धारा माक्स र सेनिटाईजर बितरण


श्याम घिमिरे
असार २ अर्घाखाँची-

अर्घाखाँची उद्योग बाणिज्य संघले जिल्ला प्रशासन कार्यालय, नेपाल पत्रकार महासंघ र जिल्लामा रहेका रेडियोहरुलाई माक्स र सेनिटाईजर बितरण गरेको छ । मंगलबार अर्घाखाँची उद्योग बाणिज्य संघले जिल्ला प्रशासन कार्यालय अर्घाखाँची र सन्धिखर्कमा रहेका बिभिन्न एफएम रेडियोहरुलाई माक्स र सेनिटाईजर बितरण गरेको छ यस्तै संघले स्थानिय ब्यबसायीलाई पनि घर घरमा पुगी माक्स वितरण गरेको हो । बिश्वमा फैलिरहेको कोरोना भाइरसको संक्रमण रोकथामको लागी सहयोग पु¥याउने उदेश्यले माक्स र सेनिटाईजर बितरण गरिएको अर्घाखाँची उद्योग बाणिज्य संघका अध्यक्ष युबराज श्रेष्ठले बताउनुभयो ।

सामाग्री हस्तान्तरण कार्यक्रममा अर्घाखाँची उद्योग बाणिज्य संघका अध्यक्ष युबराज श्रेष्ठ, केन्द्रिय सदस्य कृष्णप्रसाद श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष नेत्रप्रसाद भुसाल,उपाध्यक्ष जिबलाल बन्जाडे,महासचिब प्रदिप मिश्र, कोषाध्यक्ष तुल्सीराम खनाल लगायत व्यवसायी र संघका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

सो अबसरमा जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीलाई दुई हजार पिस माक्स र पाँच लिटर सेनिटाईजर हस्तान्तरण गरीएकोहो । यस्तै नेपाल पत्रकार महासंघ अर्घाखाँची र सन्धिखर्कमा रहेको रेडियो देउराली,रेडियो अर्घाखाँची, रेडियो सुर्योदय,नयाँ एफएम,सगर्भ एफएम,सन्धिखर्क एफएम र मालारानी एफएमलाई प्रति रेडियो ५० पिस माक्स र आधा लिटर सेनिटाईजर बितरण गरीएको अर्घाखाँची उद्योग बाणिज्य संघले जनाएको छ ।

हाल अर्घाखाँची उद्योग बाणिज्य संघले जिल्लामा अति आबश्यकीय खाद्यान्न, ग्यास, तरकारी, फलफुल,दुध लगायत दैनिक उपभोग्य बस्तुहरुको सहज आपुर्ती र बजार अनुगमनमा स्थानिय प्रशासनको सहकार्यमा सहजीकरण गर्ने कार्य गर्दै आएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.