Monthly Archives: June 2020

एमसीसी खारेजीको माग गर्दे राजमो अर्घाखाँचीद्धारा सन्धिखर्कमा विरोध सभा ।

श्याम घिमिरेअसार ११ अर्घाखाँची – अमेरिकन सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) खारेजीको माग गर्दै राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले बिहिवार सदरमुकाम सन्धिखर्कमा बिरोध सभा सम्पन्न गरेको छ । सभालाई सम्बोधन गर्दे राजमो अर्घाखाँची अध्यक्ष थम्मन केसीले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता देखाउने दाँत मात्रै भएको र असली दाँत आइपीएस भएको बताउनुभयो । आइपीएस भारत र अमेरिकाको प्रोजेक्ट हो, हाम्रो

Read more

नेपालमा कोभिड-१९ बाट मृत्यु हुनेको संख्या २६ पुग्‍यो

असार ११, २०७७ काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट मृत्यु हुनेको संख्या २६ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा स्याङ्जाका १ र ललितपुरका १ जना गरी २ दुई जनाको मृत्यु भएसँगै मृतकको संख्या २६ पुगेको हो। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मधुमेहका बिरामी स्याङ्जाको आँधिखोला १ का ५५ वर्षीय पुरुषमा असार ८ गते कोरोना

Read more

नेपालमा काेराेना सङ्क्रमितकाे सङ्ख्या ११ हजार नाघ्याे,बिहीबार मात्रै ४३४ जना थपिए

असार ११, २०७७ काठमाडौं : पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा  ४३४ जना संक्रमित थपिएका छन्।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङमा यस्तो जानकारी दिएको हो।  आज थपिएका संक्रमितहरूमा ४८ जना महिला र ३८६ पुरुष छन्। यससँगै नेपालमा हाल कुल संक्रमितको संख्या ११ हजार १६२ पुगेको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए। हालसम्म रसुवाबाहेक ७६ जिल्लामा

Read more

शितगंगामा थप एकजनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २५१ पुग्यो, ४८ जनाले कोरोनालाई जिते ,एकैदिन २३६ जना डिस्चार्ज

श्याम घिमिरेअसार ११ अर्घाखाँची – जिल्लाको शितगंगा नगरपालिकामा थप एकजनामा कोरोना पोजेटिभ देखिएको छ । बुधबार गरीएको परीक्षणमा शितगंगा नगरपालिकाका एकजनामा कोरोना संक्रमण पुष्टिभएको हो । यो संगै अर्घाखाँचीमा कोरोना संक्रमितको संख्या २५१ पुगेको स्वास्थ्य कार्यालय अर्घाखाँचीले जनाएको छ । हाल सम्म संक्रमित हुनेहरुमा सन्धिखर्क नगरपालिकाका ३९ जना शितगंगा नगरपालिकाका ४५ जना, भूमिकास्थान नगरपालिकाका ७३ जना,मालारानी गाउँपालिकाका ६७ जना, छत्रदेव

Read more

सन्धिखर्क नगरपालिकाको सातौ नगर सभा तथा बजेट अधिवेशन सम्पन्न ।

सन्धिखर्क एफएम असार १०-सन्धिखर्क नगरपालिकाको सातौ नगर सभा तथा बजेट अधिवेशन बुधबार सम्पन्न भएको छ । सभाले आ.व.२०७७÷०७८को कुल वार्षिक बजेट रु ८७ करोड ४९ लाख मध्ये चालु तर्फ रु ४७ करोड ८४लाख ३० हजार (कुल बजेटको ५४.६८ प्रतिशत) र पुजी गत तर्फ रु ३९करोड ४४ लाख ७० हजार (४५.३२प्रतिशत) बजेट पास भएको नगरप्रमुख कमल भुसालले बताउनुभयो ।

Read more
« Older Entries